
शिवसताक्षी २ का वडाध्यक्षको घोषणा : “सरकारी गाडी चढदिन र पाएकाे सुविधा पनि बिपन्नलाइ दिन्छु”
- श्रावण १७, २०७९ मा प्रकाशित
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष भिमवहादुर नेम्वाङले आफुले पाउँने सेवा सुविधा सामाजिक सेवामा समर्पित गर्ने बताएका छन् ।
जनप्रतिनिधिहरु सरकारी सेवासुविधामा लालच भएको आरोप लागिरहेको बेला अध्यक्षले सवारीसाधनको सुविधा नलिने र पाँच वर्ष सम्म जनप्रतिनिधि भए वापत सरकारले दिने आर्थिक सुविधा पनि समाजसेवामै खर्च गर्ने उनले बताए ।
साख गरि स्थानीय तहका जनप्रतिनिधिहरुे गाडि र आर्थिक सुविधा लिन लिप्त भइरहेकै बेला वडा अध्यक्ष नेम्वाङले वडाबासीले लगाएको गुन तिर्न आफुले पाउने सुविधा वडाबासीकै लागि खर्च गर्ने बताए । उनले जनप्रतिनिधि भएपछि आफुले पाउने आर्थिक सुविधा समाजसेवामा लगाउने घोषणा गरे ।
‘हामीलाई जनताले पाँच बर्षका लागि आफ्नो क्षेत्रको विकास निर्माण सहित वडाबासीको सेवा गर्ने पठाएका हुन् । अबको पाँच बर्ष सम्म नेपाल सरकार बाट पाउने जे जति सेवा सुविधिा छन, सवै वडामा रहेको सामाजिक संघ सस्था, विद्यालय, असाहाय र विपन्नको जिवन स्तर उकास्नका लागि दामासालिे प्रदान गर्ने छु,’ उनले भने ।
‘म वडाका सबै नागरिकको साझा ब्यक्ति हुँ । उहाँहरुले मलाई जनताको सेवक भएर काम गर्न मत दिएर वडा अध्यक्षको रुपमा विजयी गराउनु भयो । अब मैले गर्ने काम भनेकै उहाँहरुको सेवा हो,’ वडा अध्यक्ष नेम्वाङले भने ‘ उहाँहरुको सेवा गर्न मैले लिएर होइन दिएर सेवा गर्ने प्रण गरेको छु ।’
वडा अध्यक्ष नेम्वाङले नगरपालिकाबाट मोटर साईकल सुविधा पनि लिएका छैनन् । ‘आफ्नै मोटर साईकल छदै छ । किन सरकारी मोटरसाईकल चलाउने,’ उनले भने ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments