इटहरीको मुख्य चौकबाट बेवारिसे बच्चा र आमाको उद्धार : प्रहरीले पुर्यायो माया घरको शरणमा
- श्रावण १६, २०७९ मा प्रकाशित
इटहरी । इटहरीको मुख्य चौक आसपासबाट बेवारिसे अवस्थामा भेटिएका एक नवजात शिशु र आमालाइ प्रहरीले उद्धार गरी माया घर नेपाल पुर्याएको छ । हेर्दा मधेसि मुलका देखिने महिलाको मानसिक स्वास्थय ठिक नभएको र बच्चा जन्माएर भुइमै छोडेर लडेको अवस्थामा प्रहरीले फेला पारी इटहरीको माया घरको जिम्मा लगाएको हो ।
बच्चा कहिले जन्मिएको हो सो केहि नखुलेपनि शरिर भरी बालुवा लागेको अवस्थामा प्रहरीले यहा ल्याएको र ससरसफाइ पछि न्यानो कपडाले बेरेर राखिएको माया घर नेपालकि सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो । बच्चाको आमाको भने मानसिक स्वास्थ्य खराब देखिएकोले उनको उपचार भइरहेको सचिव प्याकुरेलको भनाइ छ ।
अहिले आमा र बच्चा दुवै माया घर नेपालको शरणमा रहेका छन । सडक मानवमुक्त बनाउने अभियान सहित बिभिन्न सामाजिक काममा सकृिय देखिएको माया घर नेपालमा हाल ११४ जना अशक्त , मानसिक रोगी तथा सडक मानवहरूले आश्रय लिदै आएका छन ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments