
खुल्ला सिमाकै कारण माेरङमा लागु औषध दुव्र्यसनीकाे संख्या बढयाे : नीयन्त्रणकालागि विशेष अभियानको तयारी
- श्रावण १६, २०७९ मा प्रकाशित
बिराटनगर । मोरङमा प्रत्येक वर्ष लागुऔषध सम्बन्धी मुद्दा बढेपछि प्रहरीले त्यसको रोकथाम र नियन्त्रणका लागि विशेष अभियान चलाउने तयारी गरेको छ । युवा उमेर समूहका धेरै जना कुलतमा फँसेर आपराधिक क्रियाकालपहरूमा संलग्न हुने गरेको पाइएपछि मोरङ प्रहरीले लागुऔषधको रोकथाम र नियन्त्रणका लागि विशेष अभियान चलाउने भएको हो ।
प्रहरीले विशेष अभियान चलाउनु अगाडि सरोकारवालाहरूसँग आइतबार लागू औषध दुव्र्यसनीहरूलाई उपचार तथा पुनःस्थापना सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले कुलतमा फँसेका युवाहरूलाई सुधार गरि समाजमा पुनःस्थापना गर्न प्रदेश सरकार र पुनःस्थापना केन्द्रहरूसँग समन्वय र सहकार्य गरि अभियान सुरू गर्ने बताए ।
मोरङमा लागुऔषध प्रयोगकर्ताको संख्या २० हजारभन्दा बढी रहेको उनले बताए । लागुऔषध प्रयोगकर्ताहरु २० देखि २९ वर्षसम्मका सबैभन्दा बढी रहेका छन् । मोरङमा २० प्रतिशतभन्दा बढी मुद्दा प्रत्येक वर्ष लागुऔषध सम्बन्धी मात्र बढेको प्रहरीको अभिलेखमा देखिन्छ ।
आर्थिक वर्ष २०७६/०७७ मा १ सय ८६ वटा लागुऔषध मुद्दा दर्ता भएको थियो । २०७७/०७८ मा बढेर २ सय २४ वटा मुद्दा दर्ता भएको एसपी कोइरालाले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ३ सय ९ वटा मुद्दा दर्ता भएको छ । चालु आर्थिक वर्षको साउनसम्म मोरङमा ४७ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएको छ । दर्ता भएको मध्ये इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट मात्र मुद्दा चलेको ३७ वटा रहेको छ । ९० प्रतिशत मुद्दा मोरङको ८ वटा मुद्दा चल्ने प्रहरी कार्यालयहरू भन्दा बढी इप्रका रानीबाट चल्ने गरेको छ ।
प्रहरीले विराटनगर १५ रानीमा रहेको ‘क्यान’ सेन्टरमा लागुऔषध प्रयोगकर्ताहरूलाई दिनभरी काउन्सिलिङ दिने तयारी गरेको छ । लागुऔषध प्रयोगकर्ताहरू रानी नाका हुँदै भारतको जोगवनी गएर लागुऔषध सेवन गर्दछन् । सेवन गरेर फर्किने दुव्र्यसनीहरूलाई दिनभरी क्यान सेन्टरमा राख्ने र त्यहाँ उनीहरूलाई काउन्सिलिङ गर्ने प्रहरीको योजना रहेको छ । काउन्सिलिङबाट दुव्र्यसनीको अवस्था हेरी पुनःस्थापना केन्द्रमा लगेर राख्नुपर्नेहरूलाई परिवारका आफन्तसँग सल्लाह गरि लैजान सुझाब पनि दिने योजना अनुसार प्रहरीले अभियान सुरु गर्ने तयारी गरेको एसपी कोइरालाले बताए ।
कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सचेता अभियान सुरू गरेर कुलतमा फँसेका देशका कर्णधार युवाहरूलाई सुधार गरेर लैजानुपर्ने बताए । यसको लागि प्रदेश सरकारले पनि समन्वय र सहकार्य गरि काम गर्ने उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लागुऔषध ओसारपसार गरि कमाउ धन्दा चलाउने गिरोहलाई पक्राउ गरी मुद्दा चलाउने र प्रयोगकर्ताहरूलाई सुधार गर्नको लागि अभियान चलाउन जरुरी रहेको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments