
खाेटाङकाे जन्तेढुंगामा छिमेकिबाटै बालिका बलात्कृत : गाउमै मिलापत्र गराउने प्रयास असफल भएपछि…
- श्रावण १५, २०७९ मा प्रकाशित
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव वान्तवा राई विरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । मावली घरमा बसेर कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया एक बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबीसहित अभियुक्त राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो ।
पूजामा छिमेकीको घर गएको बेला २९ चैत २०७८ राति ‘हिँड मेरो घर जाउँ’ भनेर आफू सुत्ने कोठामा लगेर पहिलोपल्ट जबरजस्ती करणी गरेका अभियुक्तले ‘कसैलाई भने वा उजुरबाजुर गरे मारिदिने’ धम्की दिएकाले घटना बारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ ।
त्यस यता पटक–पटक जवरजस्ती करणी गरेका आरोपितले पुनः ३० असार २०७९ मा जबरजस्ती गर्ने प्रयास गर्दा भागेर शौचालयमा चुकुल लगाएर बसेर बचेको पीडित बालिका बताउँछिन् ।
रक्सी सेवन गरेर ‘मसँग हिँड’ भनेपछि अस्वीकार गर्दा हातपात गर्न खोजेपछि शौचालयमा लुकेकोको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ ।
घटना सार्वजनिक भए लगत्तै पीडित पक्षले गएको ५ साउनमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय चिसापानी, जन्तेढुंगामा जाहेरी दिएका थिए । तर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिन भनेपछि जिल्ला प्रहरी कार्यालय पुगेर राईविरुद्ध जाहेरी दिइएको हो ।
‘मिल्न’का लागि दबाब दिँदै आएका आरोपित प्रहरीमा जाहेरी परे लगत्तै फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments