
भारतबाट फर्किनेमा कोरोनाको संक्रमण, काँकरभिट्टामा उच्च सतर्कता, भद्रपुरमा छैनन् स्वास्थ्यकर्मी
- श्रावण १३, २०७९ मा प्रकाशित
झापा । भारतबाट नेपाल फर्किनेहरूमा (कोभिड– १९) कोरोना भाइरसको संक्रमण देखा पर्न थालेको छ । छिमेकी मुलुक भारतमा पुनः तीव्र रुपमा कोरोना संक्रमण फैलिएसँगै त्यसको असर खुला सीमासँग जोडिएका पूर्वका जिल्लामा देखा परेको हो । चौथो लहर सुरु भइसकेको आशङ्का भइरहँदा झापामा पनि संक्रमितहरु दिनप्रतिदिन थपिँदै गएका छन् ।
असार २० देखि साउन १० गतेसम्म जिल्लामा १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जानकारी दिए । असार १९ गते अघिसम्म जिल्लामा संक्रमितको सङ्ख्या शून्य थियो । साउनदेखि सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको हो ।
साउन १ गते १७ जना, २ गते ६ जना, ३ गते ५ जना, ४ गते १२ जना, ५ गते १० जना, ६ गते १९ जना, ७ र ८ गते ३२ जना, ९ गते १२ जना र १० गते १२ जनामा संक्रमण देखिएको हो । त्यसमध्ये अधिकांश संक्रमित भारतबाट आउनेहरू छन् । पूर्वी नाका काँकडभिट्टामा दैनिक भारतबाट आउने औसतमा दुई सयभन्दा बढी शङ्कास्पद यात्रुहरूको एन्टिजेन परीक्षण भइरहेको सीमा नाकामै खटिएकी स्वास्थ्यकर्मी शान्ता भण्डारीले जानकारी दिइन् ।
जसमध्ये औसतमा दैनिक १० देखि १३ जना मा कोरोना पोजेटिभ देखिएको छ । उनका अनुसार १० दिनमा ६९ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै काँकडभिट्टा नाकामा खटिएका नेपाल रेडक्रस सोसाइटी झापा शाखाका टोलीले औसतमा दैनिक ४० देखि ५० जनालाई कोरोनाविरुद्धको खोप लगाइरहेको शाखाका कार्यक्रम अधिकृत प्रकाश कार्कीले जानकारी दिए ।
भारतबाट आउनेहरूलाई जोनसेन एन्ड जोनसेन र भेरोसेल खोप लगाइदैछ । रेडक्रसको टोली बिर्तामोडस्थित हनुमान कम्प्लेक्समा पनि औसतमा दैनिक एक सय बढीलाई खोप लगाउने काम भइरहेको उनले बताए । त्यस्तै जिल्लाको अर्को मुख्य नाका भद्रपुरमा स्वास्थ्यकर्मी खटाइएको छैन । बिहार र बंगाल नाकासँग जोडिएका भद्रपुरबाट पनि दिनहुँ मान्छे ओहोरदोहोर गरिरहेका छन् ।
उनीहरूको स्वास्थ्य परीक्षण सीमामा भएको छैन । नगर क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने काम धमाधम भइरहेकोले जनशक्ति अभावका कारण भद्रपुर नाकामा स्वास्थ्यकर्मी परिचालन गर्न नसकिएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । ‘साउन ८ देखि १६ गतेसम्म नगरभरि खोप कार्यक्रम सञ्चालन भइरहेको छ,’ उनले भने, ‘खोप कार्यक्रम सकिएपछि भद्रपुर नाकामा पनि स्वास्थ्यकर्मी परिचालन हुन्छ ।’
नगरमा दैनिक कम्तीमा एक देखि बढीमा पाँच जनासम्म कोरोना पुष्टि भइरहेको उनले बताए । यता जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी)ले स्वास्थ्य सतर्कता अपनाउनुका साथै जिल्लावासीलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments