
जिसस झापाका पदाधिकारीलाई बधाई तथा सम्मान
- श्रावण १२, २०७९ मा प्रकाशित
झापा । जिल्ला समन्वय समिति झापाका नवनिर्वाचित पदाधिकारीलाई बिहीबार बिर्तामोडमा बधाई तथा सम्मान प्रदान गरिएको छ ।संवाद समूह झापाको आयोजनामा भएको कार्यक्रमका बीच प्रदेश नं. १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावागीले जिससका पदाधिकारीलाई बधाई तथा सम्मानपत्र प्रदान गरे ।
जिसस प्रमुख विश्व बराल, उपप्रमुख शान्ता रोक्का क्षेत्री तथा सदस्यहरु कपिलमणि काफ्ले, जुनु नेपाली दर्जी, जलाल अलि, तुलसा काफ्ले बराल, देविका बसेल, रीता नेपाली र सन्तोष सोरेनलाई सम्मान प्रदान गरिएको हो । उपप्रमुख रोक्का भने हाल काठमाडौंमा रहेकोले अनुपस्थिति थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री सरावागीले जिससको नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै जिल्लामा समन्वयकारी र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जिल्लामा भूमि सम्बन्धी समस्या, सहकारीका समस्या तथा विपन्नको जीवनस्तर उकास्ने कार्यमा जिससले समन्वयकारी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।
जिसस प्रमुख बरालले आफू कार्यकारी भूमिका नभए पनि जिल्लामा समन्वयको पाटोमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । उद्देश्य मिल्ने विषयमा उनले संवाद समूह लगायतका सरोकारवालासँग सहकार्य गर्ने बताए ।
बरालले जिससको टिम काममा विश्वास गर्ने भएकाले काम खोजेर भए पनि प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्ने बताएका छन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले जिससको टिमलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन राजवंशीले गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments