
खाेटाङमा कुकुर आतंकः तीन महिनामा ८९ घाइते
- श्रावण १२, २०७९ मा प्रकाशित
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सार्वजनिक कुकुरको आतंक फैलिएको छ ।गत वैशाखदेखि हालसम्म कुकुरको टोकाइबाट ८९ जना घाइते भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार यस अवधिमा ४४ महिला र ४५ पुरुष घाइते भएका हुन् । गम्भीर घाइते ६ जनालाई काठमाडौं रेफर गरिएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।
केही दिनअघि ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा घर पालुवा कुकुरले ५ जनालाई टोकेको छ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क रैकरमा भैंसी, गोरु र खसीलाई कुकुरले टोकेर घाइते बनाएको छ । कतिपय घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कतिपय कुकुरले घर पालुवा पशु तथा चौपायलाई गोठमै गएर आक्रमण गर्नेगरेको स्थानीय बताउँछन् । हुल बाँधिएर हिड्ने कुकुरले खसी, गोरु, गाई, भैंसी, भेडा लगायतलाई आक्रमण गर्नेगरेका छन् । गत चैतमा ऐसेलुखर्कको चित्रेमा कुकुरले टोकेको भैंसी र गोरु मरेको राजभण्डारीले बताए ।
कुकुर आतंकका कारण गाउँपालिकाबासी त्रसित छन् । बेवारिसे अवस्थामा हिँडडुल गर्ने कुकुरले टोक्न थालेपछि विद्यार्थीलाई आवत–जावत गर्न, स्थानीयलाई हाटबजार गर्न, मेलापात जान समस्या हुन थालेको छ । कुकुरको आतंक बढेसँगै गाउँपालिकाले १० साउनमा बिज्ञाप्ती जारी गर्दै घर पालुवा कुकुरलाई बाँधेर राख्न, साँझको बेला हिँडडुल गर्दा सावधानी अपनाउन, आफ्नो सुरक्षा आफै गर्न आव्हान गरेको छ । कुकुरले टोक्न थालेपछि वडा–वडामा कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments