
माेरङकाे भाउन्नेमा बिग्रिएको ट्रकमा ठक्कर, कारमा सवार एक जनाको मृत्यु
- श्रावण ११, २०७९ मा प्रकाशित
इटहरी । मोरङको बेलबारी नगरपालिका – १० भाउनेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आज बिहान ७ बजे भएको दुर्घटनामा परि झापाको दमक – ४ का राजीव बराइली मृत्यु भएको हो ।
महेन्द्र राजमार्गत अन्तर्गत भाउनेमा बिग्रिएर रोकेको को १ ख ८००४ नंं. ट्रकलाई पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नं. को कार अयन्त्रित भएर ठक्कर दिएको थियो । रोकिएको ट्रकलाई ठक्कर दिएपछि कार चालक बेलबारी १ का २२ वर्षीय सन्दीप लामिछाने गम्भीर घाइते भएको छन् । उनको उपचार बेलबारी अस्पतालमा भइरहेको छ ।
कारमा सवार राजीव बराईलीको उपचारको क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
‘तीव्र गतिमा गएको कार अनियन्त्रित गएर रोकिएर राखेको ट्रकमा कार दुर्घटना भएको देखिएको छ,’ ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने । प्रहरीले ट्रक चालक धनकुटा घर भएका ३९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments