
इटहरीकाे पूर्वाञ्चल एग्रिटेक सहित १६ उद्योगविरुद्ध मुद्दा : स्वास्थ्य मापदण्डविपरीत खाद्यन्न उत्पादनकाे आराेप
- श्रावण ११, २०७९ मा प्रकाशित
इटहरी । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले प्रदेश १ का १६ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । ती उद्योगले स्वास्थ्य मापदण्डविपरीत न्यून गुणस्तरका खाद्यान्न उत्पादन गर्ने गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो । कसूरको परिणाम र प्रकृति हेरी जिल्ला अदालत र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा प्रक्रिया अघि बढेको छ ।
कार्यालयका अनुसार मोरङका ९, झापाका ५ र सुनसरीका २ उद्योगमाथि कारवाहीको माग गरिएको छ । यो बाहेक उक्त कार्यालयले थप २५ खाद्य उद्योगविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । मोरङका ९, सुनसरीका ३, झापाका १, धनकुटाका ६ र उदपयुरका ६ उद्योगविरुद्ध मुद्दा दर्ताको प्रक्रियामा छ ।
विराटनगर महानगरपालिका वडा नं. १४ को बालाजी डेरी उद्योग, विराटनगर–५ को एक्वा एक्टिभ बेभरेज, विराटनगरकै सेन्ट्रल फुड एन्ड खाद्यान्न प्याकेजिङ, नेपाल बेलहोप एग्रिटेक, खेतान चिया उद्योग, गृहलक्ष्मी फुड इन्ड्रस्टिजले गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गरेको कार्यालयको आरोप छ ।
खाद्य प्रविधि कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालका अनुुसार झापाको दमक–९ स्थित पञ्चकन्या फुड, बिर्तामोड–७ को सोरुप फ्रेस नुडल्स, हिमालय फुड एन्ड स्न्याक्स उद्योग, बुट्टाबारी टी र नेपाल चिया विकास निगम लिमिटेडले उत्पादन गरेको खाद्यवस्तु पनि न्यून गुणस्तरको भेटिएको छ ।
यसैगरी सुनसरीको रामधुनी–५ स्थित कोसी फिड र इटहरी– १३ को पूर्वाञ्चल एग्रिटेकले उत्पादन गरेको दाना दूषित भेटिएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ ।कारबाहीमा परेका सबै उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो ।
ती उद्योगमध्ये विराटनगरको विराट गोल्छा घिउ उद्योगले उत्पादन गरेको घिउ न्यून गुणस्तरको ठहर गर्दै जिल्ला अदालत मोरङले ५० हजार जरिवाना गर्ने फैसलासमेत गरिसकेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments