
विराटनगरका प्रमुखको सम्पत्ती : बजारमा साढे चार विगाहा जमिन, साथमा तीन करोडको प्राडो
- श्रावण १०, २०७९ मा प्रकाशित
विराटनगर / विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बजार क्षेत्रमा आफ्नाे नाममा साढे चार विगाहा जमिन रहेकाे उल्लेख गर्दै सम्पत्ती विवरण बुझाएका छन् । विराटनगरको धनाड्य परिवारका सदस्यकाे रुपमा परिचित कोइरालाले वडा नम्बर १५ र वडा नम्बर ११ मा गरी साढे चार विगाहा जग्गा रहेकाे विवरणसहित सम्पत्ती विवरण बुझाएका हुन् ।
प्रमुख कोइरालाले आफ्नो नाममा रहेको मात्रै सम्पत्ती विवरण बुझाएका हुन् । उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ती विवरणमा उल्लेख नभएकाे प्रेस सल्लाहकार मिनकुमार मवाेदित श्रेष्ठले बताए । विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७ सय १९ दशमलव ७८ वर्गमिटर अर्थात् ८५ कठ्ठा जग्गा कोइरालाको नाममा छ ।
साबिक विराटनगर १५ हाल विराटनगर ११ मा पर्छ । सबै जग्गा आफ्नो पैत्रिक सम्पत्ती रहेको उनले भरेको विवरणमा उल्लेख छ । विराटनगर ११ मा पैत्रिक सम्पत्तीबाट पाएको ११ कठ्ठा जग्गा पनि आफ्नो रहेको उनले बताएका छन् । सो जग्गा भाईको नाममा रहेको कैफियतमा उल्लेख छ ।कोइरालाले २० वर्ष अगाडि खरिद गरेको ८० तोला सुन रहेको विवरण पनि बुझाएका छन् ।
साे सुन ८ लाख रुपैयाँमा सुन किनेको उनले उल्लेख गरेका छन् । उनको सानिमा बैंकमा १० लाख रुपैयाँ नगद छ ।कोइरालाले आफ्नो नाममा रहेको टोयोटाको प्राडो १ थान रहेको बताएका छन् । जसको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । उनले आफ्नौ सबै सम्पत्ती पैत्रिक रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments