
विराटनगरमा आफ्नै घरभित्र जलिरहेको अवस्थामा महिलाको शव फेला
- श्रावण ९, २०७९ मा प्रकाशित
इटहरी । मोरङको विराटनगरमा आफ्नै घरभित्र जलेर मृत्यु भएको अवस्थामा आइतबार साँझ एक वृद्धा महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका-९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव घरको कोठाभित्र जलेको अवस्थामा फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए ।
उनका अनुसार आगोले जलेर वृद्धाको मृत्यु भएको खबर साँझ ७ः३० बजेतिर प्रहरीले प्राप्त गरेको थियो । वृद्धाका पति विजयसिंह कोठारीले प्रहरीलाई घटनाको जानकारी गराएका हुन् । विजयले आफू कामको शिलशिलामा बाहिर रहेको र घर पुगेपछि घटना थाहा पाएको बताएका छन् । प्रहरीका अनुसार घटना भएका बेला बुहारीलगायतका परिवारका अन्य सदस्य घरको माथिल्लो तलामा रहेका थिए । घरको माथिल्लो तलामा रहेकाहरुले घटनाका बारेमा थाहा नपाएको प्रहरीलाई बताएका छन् ।
कोठाको चुक्कुल भित्रबाट लगाएको र आगोले जलेको अवस्थामा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ । कोठा बन्द गरेर वृद्धा आफैले शरीरमा मट्टितेल छर्किएर आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । शव नजिकै मट्टितेलको ग्यालेन पनि भेटिएको छ । आगोले शरीर पूर्णरूपले जलेको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको डीएसपी कार्कीले जानकारी दिए । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments