
झापा घटना : दुई जनाको मोवाइल भेटियो, जाँचका लागि काठमाडौं पठाइयाे
- श्रावण ८, २०७९ मा प्रकाशित
झापा । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोवाइल फेला परेको छ ।
झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले दुई जनाको गोजीमा मोवाइल फेला परेको जानकारी दिए । तीनमध्ये एक जनाको मोवाइल भेटिएन । फेला परेका दुई मोवाइलमा ‘प्याट्रोन लक’ छ, प्रवक्ता पाठकले भने – मोवाइल जाँचका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाउछौं ।
तीनै जनाको शवमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाई छ । प्रवक्ता भन्छन्, धेरै शंकास्पद नभएपनि अनौठो घटना भएकाले सुक्ष्म ढंगबाट घटनाको अनुसन्धान गरिनेछ ।
उनका अनुसार शवको पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनीहरु सोही चिया बगाममा मजदुरी गर्दै आएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments