
कानेपाेखरीमा ८ वर्षिया बालिका बलात्कृत : घटना बाहिर ल्याउन नदिन धम्की सहित गाउमै मिलापत्र : ६ महिनापछि आराेपित काजिमान पुरी पक्राउ
- श्रावण ४, २०७९ मा प्रकाशित
इटहरी । मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीय बालिकामाथि बलात्कार भएको घटना गाउँमा नै मिलापत्र गराएको पाइएको छ । ६ महिना अघि बालिकामाथि भएको घटना गाउँमा नै मिलापत्र गराएको पाइएको हो ।
गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले चिनजानकी बालिकालाई आफ्नो घरमा लगेर करणी गरेका थिए । घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि मौखिम रुपमा मिलापत्र भएको थियो ।
मिलापत्र भएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पीडितका बुबाको जाहेरीका आधारमा प्रहरीले कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीलाई पक्राउ गरेको हो ।
घटनाका बारेमा थाहा पाएपछि गत असार ३० गते बालिकाका बुबाले जाहेरी दिएका थिए । जाहेरीका आधारमा पुरीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले बताए । उनले मिलापत्र गराएको सूचना आएपछि अनुसन्धान सुरु गरेको बताए ।
गत माघ ५ गते दिउँसो खेलीरहेकी बालिकालाई पुरीले आफ्नो घरमा लगेर करणी गरेका थिए । घटना भएकै दिन गाउँका अगुवाले पीडित बालिकाकी आमालाई क्षतिपूर्ती दिएर मिलापत्र गराएका थिए ।
घटना हुँदा पीडितका बुबा घरमा थिएनन् । बुबा घरमा आएपछि मात्रै घटना सार्वजनिक भएको हो । ‘म बाहिर थिएँ, यो घटनाका बारेमा मलाई कसैले सुनाएनन् ,’ बालिकाका बुबाले भने,‘ छोरीलाई पिसाबमा समस्या भएपछि पटक पटक डाक्टरलाई देखाएँ ।’ उपचार गर्दा पनि निको नभएपछि छोरीले घटनाका बारेमा आफूलाई बताएको उनले बताए ।
बालिकाका बुबा जागिरको सिलसिलामा मोरङ बाहिर थिए । उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए । उनकी श्रमती र छोरीलाई घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की आएको थियो । ‘मलाई कसैले भनेनन्, सोधीखोजी गर्दा श्रीमतीले ज्यान मार्ने धम्की दिएकाले नसुनाएको मलाई बताइन्,’ उनले भने,‘ आमा छोरी मात्रै बस्छौ सुनाए ठिक हुदैन भन्ने धम्की दिएका रहेछन् ।’ छोरीले पनि लामो समयसम्म आफूलाई नभनेको उनले बताए । ‘गाउँमा कुरा सुनेपछि छोरीले मलाई भनिन,’ उनले भने,‘ मैले थाहा पाउने वितिकै प्रहरीलाई खबर गरेँ ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments