•  १० मंसिर २०८१, सोमबार
  •  4:11:51 AM

प्रदेश एकमै पहिलाे पटक इटहरीमा स्मार्ट ट्राफिक लाइटकाे सुरूवात : कडाइकासाथ पालना गराइने 

- श्रावण ३, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीमा मंगलबार प्रदेश एकमै पहिलो पटक स्मार्ट ट्राफिक लाइट सञ्चालनमा आएको छ । प्रदेश एकको मुख्यमन्त्री राजेन्द्र राइले औपचारिक रूपमा समुदघाटन गरेपछि स्मार्ट लाइट सञ्चालनमा आएको हो । मुख्यमन्त्री राइले लाइटको स्विच दबाउदै उदघाटन गरेका थिए । इटहरीको सेन्ट्रलप्लाजा स्थित होटल बराण्डामा आयोजित औपचारिक कार्यक्रममा प्रदेश एकको मुख्यमन्त्री राइले इटहरीलाइ प्रविधिसंग जोडने काम गरेको बताए ।

प्रदेश एक सरकार अन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २६ लाख रुपियाँको सहयोगमा इटहरी क्षेत्रमा ट्राफिक लाइट जडान गरिएको हो । कार्यक्रममा प्रदेश एक यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले चाडैनै सवारी पार्किङबारे एेन बन्ने जानकारी दिए । 

सवारीसाधन सम्बन्धी सबैको एेन कानुन बनेपनि पार्किङको कानुन नहुदा धेरैले समस्या झेल्दै आउनु परेको अवगत गराउदै मन्त्री घिमिरेले अब चाडै त्यो झण्झटको अन्त्य हुने जानकारी गराए । त्यस्तै प्रदेश एक प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले प्रदेश एकमा ट्राफिक ब्यवस्थापन गर्न प्रहरी जनशक्ती नपुगेको बताउदै नियमहरू पालना नगरिदिदा दैनिक जसो दुघटनामा परि मानिसहरूको ज्यान जाने गरेको बताए । 

उनले आर्थिक वर्ष ७७ । ७८मा मात्रै सवारी दुर्घटनाबाट प्रदेश एकमा ५३१ जनाको मृत्यु भएको बिवर पेश गरेका थिए । त्यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इटहरीमा स्मार्ट ट्राफिक लाइट जडान भइ सुचारू हुनु गौरवको विषय भएपनि यसलाइ जोगाउने तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । 

सुरूमा हर्षोएल्लासका साथ जोडदिने त्यसपछि बिग्रिएपछि कसैले वास्तै नगर्ने प्रविर्ती बढदो देखिएकोले त्यसको मर्मतकालागि स्थानिय सरकार देखि प्रदेश सरकार सम्मले उचित बजेट नै छुट्याएर काम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी यादवले आग्रह गरे । 

यता इटहरी उपमहानगर ६ नं वडाध्यक्ष दिवश पोख्रेलले प्रदेश एकको ब्यापारिक केन्द्र बनेको इटहरीले चारैतिरको राजमार्गलाइ जोडने काम गरेको हुदा यहा स्मार्ट ट्राफिक लाइटको आवस्यक देखिएकोले प्रदेश सरकारले सो आवस्यकता पुरा गरिदिएको प्रति आभार ब्यक्त गरेका थिए ।कार्यक्रम इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको सभाध्यक्षमा सम्पन्न भएको थियो । 

यता मंगलबारदेखि सुचारू स्मार्ट ट्राफिक लाइटलाइ कार्यानवयनमा ल्याउन   ट्राफिक प्रहरी तत्पर रहेकाे प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इहरीका प्रहरी प्रमुख वासुदेव खतिवडाले बताए । प्रदेश एकमै पहिलाे पटक ट्राफिक लाइट जडान गरिएकाेले कार्यानवयनमा ल्याउन केहि चुनाैती देखिएपनि सामना गर्दै काम कार्वाहि अघि बढाइने प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी खतिवडाले बताए । 

Comments

सम्बन्धित खवर