
रातारात बन्दैछ इटहरी , मध्यरात पनि सडकमै हुन्छन वडाध्यक्ष पोख्रेल
- श्रावण २, २०७९ मा प्रकाशित
इटहरी । गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन पश्चात चुनिएका केहि जनप्रतिनिधिहरू बिभिन्न काण्डमा मुछिएका समाचारहरू आइरहदा सुनसरीको इटहरी उपमहानगरमा भने अहोरात्र बिकाश निर्माणका काममा ब्यस्त देखिने र भेटिने गरेका छन । रातारात स्मार्ट ट्राफिक लाइट जडान देखि सडक निर्माण सम्मका कामहरूमा जनप्रतिनिधि आफै सरिक हुन थालेका हुन ।
इटहरी उपमहानगर वडा नं ६ का वडा ध्यक्ष दिवश पोख्रेल बिकाश निर्माणकै काममा मध्यराती पनि इटहरी चौकमै भेटिने गरेका छन । रातको नौ बजे सम्म उनि इटहरीको मुख्य राजमार्गमा हालै जडान गरिएको स्मार्ट ट्राफिक लाइटको अनुगमन देखि सडक मर्मत कार्यलाइ नजिकबाट नियाल्ने गरिरहेका छन । वडाध्यक्ष पोख्रेल सोमबार राती ९ बजे पनि इटहरीको मुख्य राजमार्गमा भेटिएका छन ।
ट्राफिक लाइट जडान सकिएपछि राजमार्गको चारैतिर जेब्राक्रसिङ निर्माणको निमित्त उनि सडहमा देखिएका हुन । उनले जेब्रा क्रसिङ निर्माण गर्दा सामग्रि कमसल प्रयोग भए नभएको आफै चेकजाच गर्दै निर्माणमा समेट खटिने गरेका छन । वडा नं ६ का जनताले आफुलाइ अमुल्य मत दिएर जिताएपछि मैले पनि उहाहरूको मन जित्नुपर्छ न दिन न रात काम मै खटिनुपर्छ वडाध्यक्ष दिवश पोख्रेल भन्छन । ट्राफिक लाइट जडानपछि अहिले इटहरीको पूर्व पश्चिम र उत्तर दक्षिण चारै तिर जेब्राक्रसिङ निर्माण भइरहेको छ ।
इटहरी जेशिजको आयोजना , बिश्व आदर्श कलेयको संयोजन र उपमहानगरको सहकार्यमा अहिले जेब्रा क्रसिङ निर्माण भइरहेको हो । पुरानो जेब्राक्रसिङ मेटिएपछि बाटो काटन स्थानिय पैदलयात्रीहरूलाइ सकस भइरहेको बेला इटहरी जेशिजले चारैतिर जेब्राक्रश निर्माणको भुमिका निर्वाह गरिरहेको इटहरी जेशिज अध्यक्ष लोकनाथ भण्डारीले बताए । इटहरी जेशिज यो भन्दा अघाडी पनि सामाजिक कार्यहरूमा त्यतिकै सकृिय रहदै आएको छ ।
जेब्राक्रसिङ निर्माण भएपछि स्थानिय पैदलयात्रिहरूलाइ बाटो काटन सहज हुने र दैनिक सवारी दुर्घटना जस्ता जोखिम पनि कम हुनेमा बिश्वस्त रहेको इटहरी जेशिजका अध्यक्ष लोकनाथ भण्डारीले बताए ।



सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments