इटहरीकाे मुक्तीघाटमा पहिलाे पटक शिवगंगा महाआरती : पितृलाइ सम्झेर वाती बाल्नेहरूकाे घुइचाे
- श्रावण २, २०७९ मा प्रकाशित
इटहरी । धार्मिक एवम पर्यटकिय स्थलकाे रूपमा परिचित इटहरीकाे बुढिगंगा मुक्ती घाटमा पहिलाे पटक शिवगंगा महाआरती साेमबारदेखि शुरू भएकाे छ । ब्रम्हबैर्वत पुराणको हिम्मवत् खण्डमा उल्लेखित गंगा नदि(बुढिगंगा)को तटमा अवस्थित बुढिगंगा जमुना मुक्तिघाटमा शिवगंगा महाआरती शुरु भएको हाे। इटहरीमा पहिलो पटक पितृहरुको उद्धारका निमित्त बुढिगंगा जमुना मुक्तिघाटमा सोमबार देखि महाआरती शुरु गरिएको हो।
महाआरतीकाे पहिलाे दिन साेमबार पितृहरूकाे सम्झनामा दियाे र वाति बाल्नेहरूकाे घुइचाे लागेकाे थियाे भने सुनसरी , माेरङ र झापा देखि महागुरूहरूकाे पनि उपस्थिती रहेकाे थीयाे । गुरूहरूले बेद मन्त्र , जाप , पाठहरू सहित बिधिवत रूपमा साेमबारदेखी महाआरती सुरू भएकाे जताएका छन । शिव सेना नेपाल सुनसरी जिलला कार्य समितिकाे सहकार्यमा साे महाआरती सुरू भएकाे हाे ।
पितृहरुको आशिर्वाद सदैव रहिरहोस भन्ने कामनासहित पवित्र गंगा मुक्तिधाममा सन्ध्याकालिन महाआरती गरिएको जनाएको छ। समितिले नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन सरकारलाई दबाब स्वरुप पनि कार्यक्रम गरिएको जनाएको छ।ब्रम्हबैर्वत पुराणमा समेत उल्लेख भएको बुढि गंगा मोरङ्गको साबिक याङ्गशिला गाबिस हाल केराबारी गाउँपालिकाको वडा नम्बर ४मा शुरु भएर सुनसरी, मोरङ्ग जिल्ला हुँदै भारतमा पुगेर गंगा नदिको नाममा चिनिन्छ।
महाआरती साउन महिनाभर प्रत्येक साेमबार र भदाै देखि प्रत्येक महिनाकाे अन्तिम साेमबार सुचारू गरिने शिव सेना नेपाल सुनसरीका अध्यक्ष हिरा आचार्यले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments