लाजमर्दो तस्वीर : देश संकटमा डुवेर सारा जनता पिडामा हुदा कसैलाइ चुम्बनकै पिर
- श्रावण २, २०७९ मा प्रकाशित
दक्षिण एसियामा मात्रै नभएर विश्वभर श्रीलंकाको चर्चा भइरहेको छ ।राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिए पनि तनाव कम हुन सकेको छैन् ।प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेपछि उनी बुधबार श्रीमती र दुई कर्मचारीसहित माल्दिभ्स हुँदै भागेर सिङ्गापुर पुगेका छन् ।
आन्दोलनकारीले हालसम्म राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, प्रधानमन्त्री निवास र राज्य प्रसारकलाई कब्जामा लिएका छन् । विपक्षी दलका नेता सजित प्रेमदासले सरकार अराजक भएको बताएका छन् ।
यसैबीच, श्रीलंकाको सरकारी सूचना विभागले कोलम्बो जिल्लामा आज दिउँसोदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु रहने घोषणा गरेको छ । शनिबारदेखि प्रदर्शनकारीले महत्वपूर्ण प्रशासनिक भवन कब्जा गरेका छन् ।
सार्वजनिक भिडियोमा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको देख्न सकिन्छ । आन्दोलनकारीले अन्तरिम सरकार बनेपछि मात्रै सम्पति अधिकारीलाई हस्तान्तरण गर्ने बताउँछन् ।
नयाँ सरकारबाट गिरफ्तारी हुने डरले राजपाक्षे राजीनामा दिनुअघि विदेश गएका थिए । यसबीच सामाजिक सञ्जालमा एक अर्को तस्वीर पनि भाइरल भइरहेको छ । तस्वीरमा एक जोडी प्रदर्शनकाबीच चुम्बन गरिरहेका छन् । उक्त तस्वीरलाई लिएर रमाइला रमाइला प्रतिकृयाहरु आउँदैछन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments