
रूपन्देहिमा उदेकलाग्दो चोरको हर्कत : प्रहरीले सुइकाे नपाएकाे मालिक बाख्राले पत्ता लगायाे
- श्रावण १, २०७९ मा प्रकाशित
रूपन्देहि । गत केहि महिना यता रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा श्रृखंलाबद्ध बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन सालझण्डी ईलाका प्रहरी कार्यालय सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ ।
घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल हुन्छ तर उजुरीकर्ता ले नै आफ्नो बाख्रा चिन्न नसकेपछि प्रहरीलाई सकस पर्छ । किनकी बाख्राहरू चोरी पछि रौं काटेर र र अनेक रंग दलेर बाख्राको स्वरुप नै परिवर्तन गरिएको हुन्छ ।
त्यसपछि ईलाका प्रहरी कार्यालयले मालिकद्वारा बाख्राको सनाखत गराउनुको साटो बाख्राद्वारा मालिक सनाखत गराउने जुक्ती निकाल्छ । यस जुक्ती अन्तरगत बाख्राहरूलाई छाडा छाडिन्छ । उजुरीकर्ता देखि प्रहरी कार्यालयमा रहेका सबै मानिसहरुलाई आ–आफ्नो बाटो लाग्न भनिन्छ ।
अन्ततः ती बाख्राहरू आ–आफ्नो मालिकहरु पछ्याउँदै जान्छन् । तब मात्र बाख्राले मानिस र मानिसले आफ्नो बाख्रा चिन्छ । यो घटना शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय सालझण्डी परिसरको हो । त्यस भेगका मानिसहरुले घरबाट क्रमशः दर्जनौं बाख्राहरू चोरी भएको उजुरी लिएर आउँछन् ।
त्यही क्रममा असार ५ गतेका दिन रुपन्देहीको कन्चन गाउँपालिका–१ का पवन परियारको बाख्राको खोरबाट १२ किलो , १० किलो र ८ किलो तौर बराबरका ३ वटा बाख्रा विहान करिव ३ बजेको समयमा चोरी भएको उजुरी लिएर एक जना त्यस कार्यालयमा पुग्छन् ।
त्यस अघि पनि थुप्रै मानिसहरुले आफ्ना बाख्रा , खशी बोकाहरु चोरी भएको उजुरी दिई सकेका हुन्छन् । त्यस पछि त्यस कार्यालयको मिसन बाख्रा खोजीमा केन्द्रित हुन्छ । त्यही क्रममा बाख्रा ओसार पसार गरिरहने दुई वटा मोटरसाईकल पत्ता लाग्छन् । तीनै मोटरसाइकलमार्फत चोरहरू पत्ता लाग्छन् ।
सुराकीको माध्यमद्वारा बाख्रा ओसार पसारमा प्रयोग भएका लु १७ प ३७१७ र लु ३५ प २४३१ नम्वरको मोटर साइकल प्रहरीले बरामद बरामद गरेको छ । त्यसपछि ती मोटरसाईकलमा सवार चार जना मानिसको पत्तो लाग्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments