
धरानवासिकाे सम्झनामा स्वर्गीय जनगायक टुहुरे : सम्मान स्वाेरूप भदाै १० गते भब्य कार्यक्रम गरिने
- श्रावण १, २०७९ मा प्रकाशित
इटहरी । जनगायक जेवी टुहुरेको प्रथम वार्षिकीको अवसर पारेर आगामी भदौ १० गते धरानमा ‘जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम २०७९’ हुने भएको छ । धरानको खड्की समाजमा शनिबार एक कार्यक्रमको आयोजना गरी जेवी टुहुरे फाउण्डेसनले स्थानीय बुद्धिजीवी, स्रष्टा, कलाकार, विभिन्न राजनीतिक दलका नेता, समाजसेवी लगायतको उपस्थितिमा कार्यक्रमको जानकारी गराइएको हो ।
टुहुरेको जन्म नगरी धरानमा हुने कार्यक्रमको लागि मूल आयोजक समितिसँगै १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेका अनुसार कार्यक्रममा गायक जीवन शर्मा, शम्भु राई, नन्दकृष्ण जोशी, भिषण मुकारुङ, दीपक लिम्बू, बाबु बोगटी, प्रदेश लिम्बू, सबिन लिम्बू, रुपक डोटेल लगायतका कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।
उनीहरुलाई वाद्यवादनमा मनोहर सुनाम (सेक्सोफोन), बलराम समाल (बाँसुरी), भरत नेपाली (सारंगी), भरत बुढाथोकी (तबला), राम सुस्लिङ्ग र पोषण घर्ती मगर (मादल), नारायण जर्घा (हार्मोनियम), भागिरथ सुस्लिङ्ग (ढोलक), देव चाम्लिङ (बेस गिटार), दिवस श्रेष्ठ (रिदम गिटार), दुर्गा डंगोल (अक्टोप्याड), राहुल भुजेल (किबोर्ड) लगायतले साथ दिने जनाइएको छ । ‘म यो कार्यक्रमलाई लिएर एकदम उत्साहित पनि छु ।
अलि भावुक पनि भा’छु, बुवालाई सम्झिरहेको छु,’ निर्भिकाले भनिन्, ‘उहाँ बितेको कति चाँडो एक वर्ष पुग्यो । यो एक वर्षमा मैले उहाँलाई नसम्झेको कुनै दिन छैन । उहाँको आशिर्वाद सँधै होस् । यस कार्यक्रमलाई साथ र सहयोग दिने सम्पूर्णमा आभार व्यक्त गर्दछु ।’यसैगरी, फाउण्डेसनले टुहुरेको स्मृति ग्रन्थ, वृत्तचित्र तथा आत्मकथा पनि प्रकाशनको तयारी गरिरहेको छ । वि.सं २००१ साल कार्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments