•  १० मंसिर २०८१, सोमबार
  •  4:09:11 AM

उदयपुरमा अजिङगरले बाख्रा निल्दै गरेकाे देखेपछि…

- श्रावण १, २०७९ मा प्रकाशित



उदयपुर । उदयपुरमा अजिङ्गरले जिउदै बाख्रा खाएको छ । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दिउँसो अजिङ्गरले बाख्रा खाएको फेला परेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका १५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हाे । अजिङ्गरले बाख्रो निल्दै गरेकाे देखेपछि स्थानियले प्रहरीलाइ खबर गरेका थिए ।

प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बाख्राे खाएको हो । अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिएका छन ।

Comments

सम्बन्धित खवर