
इटहरीकाे ट्राफिक लाइट मंगलबारदेखि सुचारू हुने , नियम नमान्ने पैदलयात्री तथा सवारी चालकलाइ कार्वाहि र जरिवाना
- श्रावण १, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश एकको मुख्य ब्यापारिक राजमार्ग मानएको इटहरीस्थित हालै जडान गरिएको स्मार्ट ट्राफिक लाइट श्रावण ३ गते मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । औपचारिक कार्यक्रम बिच प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राइले उदघाटन गरेपछि ट्राफिक लाइट नियम पुर्वक सञ्चालनमा आउने भएको हो । प्रदेश एक सरकार अन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २६ लाख रुपियाँको सहयोगमा इटहरी क्षेत्रमा ट्राफिक लाइट जडान गरिएको हो ।
एक साता अघि नै जडान सम्पन्न भइसकेको लाइटको अहिले परिक्षणकाल चलिरहेको र मंगलबारदेखि बिधिवत रूपमा उदघाटन गरेपछि कानुनत सञ्चालनमा आउने उपमहानगर अन्तरगत वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए । उक्त लाइटको प्रदेश एक सरकारका मुख्यमन्त्री राजेन्द्र राइले समुदघाटन गर्ने कार्यक्रम रहेको पनि वडाध्यक्ष पोख्रेलले बताए ।
इटहरीमा ट्राफिक लाइट जडान पछि यसलाइ कार्यानवयनमा ल्याउन निकै चुनौती रहेको देखिएपनि सबैको सहकार्यमा सफल हुने वडाध्यक्ष पोख्रेलको भनाइ छ । यता प्रदेश एक ट्राफिक प्रहरी कार्यालय पनि अहिले लाइट जडान पश्चात नियम पालना गराउने तर्फ तत्पर रहेको देखिएको छ ।
बिगतमा ट्राफिक लाइट नहुदा समस्या भएको बताउने ट्राफिक प्रहरीलाइ अब ट्राफिक नियम पालना गराउन सहज हुने अनुमान गरिएको छ । सुरूमा नियम पालना गराउन चुनौती देखिएपनि स्थानिय पैदलयात्री देखि सवारी चालकहरू सम्मलाइ पहिलो चरणमा जनचेतना जगाउने त्यसपछि पनि अट्टेर गरे कार्वाहि र निश्चित जरिवाना तिराउने प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments