
तराइमा अत्याधिक गर्मी बढेपछि धनकुटाकाे नमस्ते झर्नामा नुहाउनेकाे भिड
- श्रावण १, २०७९ मा प्रकाशित
धरान । तराई क्षेत्रमा अधिक गर्मी बढेपछि धनकुटाको भेडेटार, नाम्जे र नमस्ते झरनामा जाने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । शनिबारी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा खुट्टरा राख्ने ठाउँसमेत थिएन । गर्मी बढेपछि केही दिनयता नमस्ते झरनामा जाने र नुहाउनेहरु दैनिक एक हजार भन्दा बढी हुने गरेको छ ।
नमस्ते झरनामा विराटनगर, इटहरी, धरान, उर्लाबारी, बेलबारी, झापाका विभिन्न ठाउँ र मधेश प्रदेशको सिराहा र सप्तरीबाटसमेत आगन्तुकहरु पुग्ने गरेका छन् । त्यस बाहेक भारतबाट पनि अहिले धेरै पर्यटकहरु नमस्ते झरनामा नुहाउन पुगेको सिम्सुवा नमस्ते झरना संरक्षण तथा सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष दिलीप लिम्बूले जानकारी दिए ।
धरानबाट १७ किमी उकालो चढे पछि पुगिने पर्यटकीय गन्तव्य भेडेटारबाट धरान–धनकुटा सडक हुँदै केही तल झरे पछि झरनास्थल पुगिन्छ । अझ ठाउँठाउँमा खोला खोल्सी र यसमा बनाइएको पुलको आकर्षणले पर्यटकहरु रमाउने गरेको आफूले पाएको उदयपुरका ईश्वरमान तामाङले बताए ।
सार्वजनिक बिदाका दिन र शुक्रबारदेखि आइतबारसम्म अत्यधिक चाप हुने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बूले बताए । काठमाडौं बनस्थलीका चन्द्रमणि चापागाईले तराईको नजिक यस्तो रमणीय र आकर्षक झरना पाउँदा घण्टौं बिताएको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments