अचानक बढ्याे काेराेना त्रास : सुन्दरहरैंचाका ३९ वर्षिय निरबहादुरकाे मृत्यु : हाइअर्लटमा नगरपालिका
- असार ३२, २०७९ मा प्रकाशित
इटहरी । विराटनगरमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । जिल्ला कारागार मोरङमा कोरोना संक्रमण फैलिएपछि बिहीबार उपचारका लागि कोशी अस्पताल पुराईएका निरबहादुर नेपालीको मृत्यु भएको हो।
कारागारमा बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका-४ का ३९ वर्षीय नेपालीको मृत्यु भएको हो।नेपाली ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। उनलाई १०४ डिग्री ज्वरो आएको थियो । उनको शव बुझेर आफन्तले लगिसकेको बताईएको छ।
अत्याधिक ज्वरो आएपछि कारागारका १९ जना कैदीलाई उपचारका लागि बिहीबार अस्पताल पुराईएको थियो। हाल अस्पतालमा १८ जना उपचाररत छन् । ती मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको कोशी अस्पतालले जनाएको छ।अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलका अनुसार बिहीबार अस्पताल भर्ना भएका विरामीको एन्टिजेन परीक्षण गराउँदा शुक्रबार रिपोर्ट पोजेटिभ जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments