
विराटनगरमा अचेत भेटिएका प्रहरी जवान लावतीको मृत्यु
- असार ३२, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगरमा सुतिरहेको ओछ्यानमा अचेत अवस्थामा भेटिएका प्रहरी जवान २८ वर्षीय उत्तम लावतीको शनिबार बिहान मृत्यु भएको छ । प्रहरीका अनुसार लावतीलाई विराटनगर महानगरपालिका–१६ स्थित साथीको घरमा मुखबाट फिँज निस्किरहेको र अचेत अवस्थामा भेटिएको हो ।
पाँचथर घर भएका उनी शुक्रबार रामबहादुर कटुवालको घरमा आएको र राति त्यही बसेको खुलेको छ । रामबहादुरका छोरा उनका साथी हुन् । मोरङ प्रहरीका डिएसपी राजन कार्कीका अनुसार सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि प्रहरी जवान लावतीलाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले बिहान ७ः३० बजेतिर मृत घोषित गरेको कार्कीले बताए ।
मृत्युको कारण नखुलेको र पोस्टमार्टमका लागि शव कोसी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण प्रष्ट हुने डिएसपी कार्कीले बताए ।
सर्लाही प्रहरीमा कार्यरत रहेका लावती झापाका लागि असार ३० गते रवाना बुझेर हिँडेको पाइएको छ । झापा जाने क्रममा उनी विराटनगरस्थित साथीको घरमा आएर बसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments