
सप्तरीमा छाेरा बचाउन पुगेकि आमालाइ स्थानियले कुटेर हत्या गरे
- असार ३२, २०७९ मा प्रकाशित
सप्तरी । सप्तरीमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ८ प्रवाहापट्टी टोल बस्ने ६० वर्षीया जिरा देवी मण्डल छन्।
प्रहरीका अनुसार उनको छोरा २६ वर्षीय मनोज मण्डल बिहीबार राति साढे १० बजे साइकलमा मल लिएर आउँदै गर्दा एक बालकलाई समान्य ठक्कर लागेको थियो। सोही विषयमा विवाद तथा कुटाकुट हुँदा जिरा देवी छोरालाई बचाउन पुगेकी थिइन्।
त्यस क्रममा उनीमाथि समेत कुटपिट हुँदा गम्भीर घाइते भएकी थिइन्। उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। कुटपिट गर्ने व्यक्तिहरुको पहिचान गरी खोजतलास कार्य जारी रहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments