
जहदा गाउपालिकामा वडाध्यक्षकाे दादागिरी : सरकारी मोटसाइकलको दुरूपयोग गरेको भिडियो खिच्दा बाटाे छेकेर कुटपिट
- असार २९, २०७९ मा प्रकाशित
काठमाडाैं । सरकारी मोटसाइकलको दुरूपयोग गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको भन्दै मोरङको जहदा गाउँपालिकाका एक जना वडाध्यक्षले स्थानीयलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ ।जहदा गाउँपालिका ४ का वडाध्यक्ष शिवशंकर गामीले सोही ठाउँका ४० वर्षीय स्थानीय गुरुचरण महतोलाई निर्घात कुटपिट गरेको पीडितको भनाइ छ ।
वडाध्यक्ष गामीले कुदाउने को १ ब १५८४ नम्बरको पल्सर मोटसाइकल दुरूपयोग गरि वडाध्यक्षका भतिज राहुल गामीले विदाको दिन कुदाएको भिडियो खिचेर महतोले गत शनिबार सामाजिक सञ्जालमा हालेका थिए । वडाध्यक्षको मोटसाइकल दुरूपयोग गरेको भन्दै सामाजिक संजालमा हालेको केही बेरमा भाइरल भएर वडाअध्यक्ष गामीको आलोचना भएपछि उनले कुटपिट गरेको महतोले बताए ।
‘शनिबार विदाको दिन वडाध्यक्षको भतिजाले विराटनगर सरकारी मोटसाइकल लिएर आउँदै गर्दा कटहरी बजारमा मैले भिडियो खिचेको थिएँ । उक्त भिडियो धिरज ठाकुरले सामाजिक संजालमा हालेको रहेछ । त्यसको केही बेरमा भाइरल पनि भयो,’ पीडित महतोले भने, ‘त्यसपछि वडाध्यक्षसहितको ९÷१० जनाको समूहले जहदाको रामचौकमा रहेको पेट्रोल पम्पमा आएर मलाई निर्घात कुटपिट गरेका छन् । अपशब्द बोल्दै मलाई वडाध्यक्षसहित आएकाले लात्ती, मुक्का प्रहार गरिरहे ।’
कुटपिटबाट हात, टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको उनले बताए । ‘अहिले पनि वडाध्यक्षसहितका समूहरूले ज्यान मार्ने धम्की दिने गरेका छन्,’ महतोले भने, ‘मेरो ज्यानको सुरक्षाको लागि प्रशासनलाई पनि जानकारी गराएको छु ।’सरकारी गाडीको दुरूपयोग गरेको घटना उजागर गर्दा आफूमाथि कुटपिट गर्ने वडाध्यक्षसहित प्रहरीमा उजुरी पनि दिएको उनले बताए ।
‘प्रहरीमा पनि उजुरी दिएको छु,’ उनले भने, ‘तर अहिलेसम्म कुनै कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन । ’वडाध्यक्ष गामीले आफूलाई बदनाम गराउने उद्देश्यले केही समूह लागि परेको बताए । सामान्य भनाभन मात्र भएकोले आफुले कसैलाई पनि कुटपिट नगरेको गामीको भनाइ छ । ‘चुनावमा हारेको रिस फेर्न केही समूह लागिपरेका छन्,’ वडाअध्यक्ष गामीले भने ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments