
इटहरीकाे मायाघरलाइ समिट लघुबित्तकाे सहयाेग : निशुलक स्वास्थ्य शिविर देखि खाद्यन्न बितरण सम्म
- असार २६, २०७९ मा प्रकाशित
इटहरी । इटहरी लगायत प्रदेश एकको बिभिन्न सडक खण्डहरूमा कस्टकर जिवत बिताउन बाध्य भएका बालबालिका तथा ज्येस्ठ नागरिहरूलाइ सडकबाट उठाइ नया जिवन प्रदान गर्दै उनिहरूलाइ आश्रय दिदै आएको इटहरीस्थित माया घर नेपाललाइ समिट लघुबित्त वितीय संस्थाले बिभिन्न सहयोग गरेको छ । आइतबार मायाघर नेपाल पुगेर सो संस्थाले खाद्यन्न , बिद्यार्थिहरूलाइ स्टेसनरी सामग्री , ब्याग , र एक दिने छाला सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त उक्त लघुबित्तले सामाजिक दायित्य अन्तरगतको कार्यक्रमबाट माया घर नेपालललाइ २६ बोरा चामल ५ किलो दाल , २१ जना बिद्यार्थिहरूलाइ आवस्यक कपि , पेन्सिल , डटपेन,ब्याग प्रदान गरेको हो । सामाजिक कार्य अन्तरगत संस्थाले बिनियोजन गरेको बजेटको परिधिभित्र रहेर माया घर नेपाललाइ सानो सहयोग गरिएको र यो निरन्तर रहिरहने समिट लघुबित बित्तीय संस्था प्रदेश एक अफिसर योगेन्द्र खनालले बताए ।
त्यस्तै अत्याधिक बढेको गर्मिलाइ मध्यनजर गर्दै यो बेला फैलन सक्ने छाला सम्बन्धि रोगहरूको बिषयमा जानकारी गराउदै उचित परामर्स सहित माया घरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कोशि अञ्चल अस्पताल र न्यु अधिकारी मेडिकल हलसंग समन्वय गरि एकदिने छाला सम्बन्धि निशुल्क स्वास्थ्य सेवा तथा औषधी बितरण गरिएको बितीय संस्थाका प्रदेश एक अफिसर खनालले बताए । हाल माया घर नेपालमा १०७ जना असक्त तथा मानसिक रोगबाट पिडित बनेकाहरूलाइ आश्रय दिदै आएक छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments