•  १० मंसिर २०८१, सोमबार
  •  1:15:48 PM

धरानका मेयर हर्क साम्पाङकाे घाेषणा : उपमहानगरभित्रका सरकारी गाडी बेचेर सडककाे खाल्टा टाल्ने रोलर किन्ने

- असार २४, २०७९ मा प्रकाशित



इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू नचढ्नका लागि किनिएको स्कार्पियो गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ । उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोका खाल्डा टाल्न रोलर मेशिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

Comments

सम्बन्धित खवर