•  १० मंसिर २०८१, सोमबार
  •  4:21:47 PM

इटहरीस्थित पञ्चकन्या मन्दिरकाे नवाै वार्षिकाेत्सव : भजन कृतन र पुजा पाठ गरेर मनाइयाे 

- असार २२, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीस्थित पञ्चकन्या मन्दिरले बुधबार नवौ वार्षिकोत्सव धुमधामले सम्पन्न गरेको छ । इटहरी ४मा अवस्थित उक्त  मन्दिर परिषर भित्र महिलाहरूको भजन मण्डली समुहले भब्य पुजा आजा सहित  वार्षिकोत्सव सम्पन्न गरेको हो ।

इटहरीको नेपाली सेना ब्यारेक उत्तर दिशामा अवस्थित पञ्चकन्या मन्दिरमा वार्षिकोत्सवकै अवसर पारेर भब्य पुजा , रूद्रि पाठ , दुर्गा पुजा पनि गरिएको थियो । इटहरीका समाजसेवि एवम साेहि मन्दिरका संस्थापक संरक्षक स्वर्गीय भुकबहादुर थापाले आफ्नै नाममा रहेको जग्गा दान गरेर उनैको सकृियतामा निर्माण गरिएको पञ्चकन्या मन्दिरमा हाल दैनिक जसो भक्तजनहरूको घुइचो लाग्ने गरेको छ ।

उक्त मन्दििर परिषरभित्र शनि मन्दिर पनि रहेको हुदा शनिवार समेत पुजा आजा गर्नेहरूको भिड लाग्ने गरेको सो मन्दिरका सरंक्षक एवम सामुदायिक सर्पदंश इटहरीका उपाध्यक्ष राजु थापाले बताउनुभयो । 

Comments

सम्बन्धित खवर