
३९ वर्षपछि तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा
- असार २०, २०७९ मा प्रकाशित
तेह्रथुम । तेह्रथुम ढाका कपडाले ३९ वर्षपछि राजधानीको स्वरूप पाएको छ । ३९ वर्ष अगाडि देखि तेह्रथुममा ढाका कपडा बुन्ने गरिएको थियो ।बेलायती नागरिक सुसी डान्स्मोरले सन् १९८३ मा लगातार तीन वर्ष लगाएर तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेकी थिइन ।
उनले ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रङ्गको छनोट गरिदिएपछि तेह्रथुममा ढाका कपडा बुन्नेहरू आकर्षित भएका थिए ।सोमवार तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढाका कपडाको राजधानी घोषणा गरेको हो । हाते तान बाट बुनिने भएकाले पनि तेह्रथुमे ढाका प्रतिको आकर्षण बढ्दो रूपमा रहेको व्यवसायी रामसिंह आलेले बताए ।
ढाका कपडा बुनेर नै धेरैले आफ्नो जिविको पार्जन गर्ने गरेका छन् । म्याङ्लुङ नगरपालिकाका प्रमुख संजय तुम्बाहाम्फे अनुसार म्याङ्लुङ नगरपालिका भित्र मात्रै ४५ सय भन्दा बढिले रोजगारी पाएका छन् । ढाका बुन्नेहरूमा धेरै महिलाहरू रहेका छन् ।
यहाँ उत्पादन भएका ढाकाका कपडाहरू नेपालमा मात्रै नभई विभिन्न देशमा निर्यात हुने गरेको छ ।घोषणापछि सीप विकास, प्रविधिको बढवा र बजारीकरणमा पनि अगाडि बढाइने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले बताए ।
यसअघि मन्त्रालयले पाल्पालाई पनि ढाका कपडाको जिल्ला घोषणा गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका अनुसार जिल्लामा १ सय ४५ वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् । १ हजार भन्दा बढी उद्योग भने विना दर्ता संचालन भएका अनुमान कार्यालयको रहेको छ । तेह्रथुममा ढाका कपडा बुनाइ सम्बन्धी तालिम लिनेको सङ्ख्या १० हजार भन्दा बढी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments