
डेढ वर्षकाे छाेरालाइ पप्पी गर्न खाेज्दा श्रीमतीले राेकिन , रिसकाे झाेकमा श्रीमतीकै हत्या गरे
- असार १७, २०७९ मा प्रकाशित
एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।भारत, केरलाबाट एक चकित पार्ने हत्याको घटना बाहिर आएको हो । त्यहाँको पलक्कड जिल्लामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।हत्याको कारण थाहा पाउँदा सबै हैरान छन् । श्रीमतीले श्रीमानलाई आफ्नो डेढ वर्षको बच्चालाई दाँत नमाझी चुम्बन गर्नबाट रोकेकी थिइन् ।
यो घटना पलक्कड जिल्लाको काराकुर्सीको हो । घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार मंगलबार बिहान श्रीमान अविनाशलाई श्रीमती दीपिकाले डेढ वर्षको छोरालाई दाँत नमाझी चुम्बन गर्नबाट रोकेपछि उक्त घटना भएको हो ।सोही कुरालाई लिएर दुवैबीच झगडा सुरु भयो । अविनाशले रिसाएर दीपिकामाथि बञ्चरो प्रहार गरेँ । जसकारण उनको घाँटी र टाउकोमा गहिरो चोट लागेको थियो । दीपिकाको चिच्याहट सुनेपछि छिमेकी उनलाई बचाउन दौडिए ।
उनीहरुले दीपिकालाई रगत बगेको अवस्थामा पहिले पेरिन्तलमन्ना एमईएस अस्पताल पुर्याए, त्यसपछि एमईएस सहकारी अस्पतालमा भर्ना गरियो । तर पनि उपचारका क्रममा उनको मृत्यु भयो ।अविनाश एयरफोर्स सिभिल कन्ट्र्याक्टिङ कम्पनीमा सहायक सुपरभाइजरका रुपमा कार्यरत छन् । दुई महिनाअघि उनी परिवारसँग काराकुरीसीमा बस्न थालेको जानकारी गराइएको छ । अविनाशले आफ्नी पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेका थिए । पहिलो श्रीमती ओडिशाकी थिइन् । उनले २०१९ मा दीपिकासँग दोस्रो विवाह गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments