
सुन्दरहरैंचाबाट नौ किलो गाँजा सहित तिनजना पक्राउ
- असार १३, २०७९ मा प्रकाशित
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट साढे नौ किलोग्राम गाँजासहित आइतबार साँझ तीन जना पक्राउ परेका छन् । लागुऔषध गाँजासहित पक्राउ पर्नेहरु सबै धनकुटाका हुन् ।
अस्थायी प्रहरी पोस्ट् बलिया र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले साँझ ५ बजेतिर उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र बाला राईलाई पक्राउ गरिएको हो । शङ्का लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको जेब्रा झोलाबाट साढे नौ किलो गाँजा बरामद भएको डिएसपी श्रेष्ठको भनाइ छ ।
साथमा रहेको झोलामा गाँज भेटिएपछि तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments