
झापाबाट आफन्तको जन्मदिन मनाउन उर्लावारी आएका वृद्धको शव खेतमा भेटियो
- असार १२, २०७९ मा प्रकाशित
उर्लावारी । आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका एक जना वृद्ध पुरुषको शव आज (आइतबार) बिहान खेतमा भेटिएको छ ।
उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका ६६ वर्षीय नैनसिंह विक मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार झापाको दमक नगरपालिका–१ घर भएका विक आफन्तको जन्मदिन मनाउन दर्नालको घरमा आएका थिए । उनको शव भने उर्लाबारी–१ कै नैनबहादुर विकको घरपछाडिको खेतमा बिहान ५ः५० बजेतिर फेला परेको श्रेष्ठले बताए । शव घोप्टो परेको अवस्थामा भेटिएको र मृत्युको कारण खुल्न नसकेको उनको भनाइ छ ।
प्रहरीले हिँड्ने क्रममा चिप्लिएर लडेका कारण विकको मृत्यु भएको हुनसक्ने आशङ्का गरेको छ । शव पोस्टमार्टमका लागि उर्लाबारीकै मङ्गलबारे अस्पताल लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments