
बैज्ञानिकले पत्ता लगाए मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत
- असार ११, २०७९ मा प्रकाशित
हामीले एकछिन पहिले एकदम हट्टाकट्टा देखेको मान्छेको मृत्यु भैसक्छ ।पलभर पहिले ठिक देखिने मान्छेको अचानक मृत्यु भएपछि कतिपय अवस्थामा पत्याउन गाह्रो हुन्छ ।
आखिर मर्नुभन्दा पहिले के कुनै संकेत देखिन्छ ? यसबारे सबैले आ–आफ्नो राय दिन सक्छन् । किनभने यो विषयमा मृत्युको अनुभव गरेको व्यक्तिले मात्र सत्य बताउन सक्छ, जुन आफैंमा सम्भव हुँदैन् ।तर विज्ञानका अगाडि हरेक कुराको खोज सम्भव हुन्छ । भर्खरै एक बैज्ञानिकले मृत्यु अघि के हुन्छ ? भनेर बताएका छन् ।
द एक्सप्रेसका अनुसार आफ्नो जीवनमा धेरै मानिसको मृत्युलाई निकै नजिकबाट देखेका एक डाक्टरले मृत्यु हुनुभन्दा ठीक अगाडि मानव शरीरमा के–कस्ता परिवर्तनहरू हुन्छन् भन्ने कुरा बताएका हुन् । बैज्ञानिकहरुलाई पनि यस बारे धेरै कम जानकारी छ ।
द मिररको रिपोर्ट अनुसार, प्राकृतिक घटनाहरुमा धेरै कम अध्ययन छन् । मृत्यु हुनुअघि कस्तो महसुस हुन्छ भन्ने बारेमा कुरा गर्दै डाक्टर भन्छन्, ‘मुटुको धड्कन बन्द हुनुभन्दा दुई साताअघि नै मृत्युको प्रक्रिया सुरु हुन्छ ।’
सिमस कोयल, लिभरपुल विश्वविद्यालयका मानद अनुसन्धान फेलो, द कन्भर्सेसनको लेखमा मर्ने प्रक्रियाको बारेमा उल्लेख गरिएको छ । उनले भने, ‘मलाई लाग्छ कुनै पनि व्यक्तिको मृत्यु हुनुभन्दा दुई साताअघि नै मर्ने प्रक्रिया सुरु हुन्छ ।
यो समयमा मानिसको स्वास्थ्य बिग्रन थाल्छ । उनीहरुलाई हिँड्न र सुत्न पनि समस्या हुन्छ । जीवनको अन्तिम दिनमा उनीहरुको चक्की (औषधि) खाने, खाना खाने वा पिउने क्षमता पनि समाप्त हुन्छ ।’
सिमय कोयल थप भन्छन्, ‘यो त्यो अवस्था हो, जब अगाडिको मान्छे मर्दैछ भन्ने थाहा हुन्छ, बाँच्नको लागि दुई–तीन दिन मात्रै बाँकी रहेको हुन्छ । धेरै मानिसहरूले एक दिनमा यो सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्छन् भने केही मानिसहरू वास्तवमा मर्नु अघि लगभग एक वा दुई हप्तासम्म मृत्युको कगारमा बाँच्न सक्छन् ।
यस अवधिमा उनको परिवारका सदस्यहरूले पनि धेरै कष्ट भोग्नुपर्छ ।’ मृत्युको समयमा शरीरमा के परिवर्तन हुन्छ भन्ने कुरा धेरै हदसम्म अज्ञात नै छ । तर केही अनुसन्धानले मृत्युको समयमा मस्तिष्कबाट एन्डोर्फिन सहित धेरै रसायनहरू निस्कने अनुमान गरेको छ ।
यसले कुनै पनि व्यक्तिको भावनालाई उत्तेजित गर्छ । सिमस कोयलका अनुसार मृत्युको क्षण बुझ्न गाह्रो हुन्छ । तर अहिलेसम्मको अनुसन्धान अनुसार मानिसहरु मृत्युको नजिक पुग्दा शरीरमा तनावका रसायनहरु बढ्दै जान्छन् ।
क्यान्सर र सम्भवतः अन्य सामान्य व्यक्तिको शरीर पनि सुन्निन् थाल्छ । यी ती रसायनहरू हुन्, जुन हाम्रो शरीरले भाइरल संक्रमणसँग लड्दा बढ्छन् । सामान्यतया यस्तो लाग्छ कि मर्ने क्रममा मानिसको पीडा कम हुन्छ । तर हामीलाई थाहा छैन किन यस्तो हुन्छ ?
यो पनि एन्डोर्फिनसँग सम्बन्धित हुन सक्छ । प्रत्येक व्यक्तिको मृत्यु फरक फरक तरिकाले हुने भएकाले एकिनका साथ कसको मृत्यु कस्तो हुन्छ भन्ने कुरा अनुमान गर्न सकिँदैन । उनी भन्छन्, ‘मैले यस्ता धेरै युवाहरू पनि देखेको छु, जसलाई आफू मर्दैछ भन्ने पत्तो थिएन ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments