
इटहरीले ल्यायाे २ अर्ब १८ कराेडकाे बजेट , ५ वर्षमा शहरकाे मुहार फेरिने यस्ता छन लाेभलाग्दाे याेजना
- असार १०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरले आगामी आर्थिक वर्ष २०७९/८०का लागि २ अर्ब १८ कराेडकाे पुरक बजेट प्रस्तुत गरेकाे छ । शुक्रबार उपमहानगरकाे सभाहलमा आयाेजित ११ औं नगर सभा मार्फत पेश गरिएकाे नीति तथा कार्यक्रममा उपमेयर संगिता कुमारी चाैधरीले साे परिमाणकाे बजेट प्रस्तुत गरेकि हुन ।
आगामी वर्ष देखि इटहरीलाइ डुबान मुक्त बनाउने देखि सार्वजनिक साैचालय निर्माण , पार्किङ समस्या सामधान , शिक्षा क्षेत्रलाइ सुधारात्मक कार्यक्रम लगायत भाैतिक पूर्वाधार बिकाशका कार्यक्रमहरूलाइ बिशेष प्राथमिकतामा राखिएकाे छ । त्यस्तै थारू जातीहरूकाे ग्रामथानकाे संरक्षण उनिहरूकाे प्रवर्दनमा समेत जाेड दिदै बिपन्न परिवारहरूलाइ निशुल्क स्वास्थ्य बिमा लगायतका कार्यक्रमहरू पनि बजेट मार्फत समावेस गरिएकाे छ ।
अधिकांस पुराना बिकाशका याेजनाहरूलाइ प्राथमिकतामा राखेर बजेट ल्याइएकाे छ । बजेटकाे आकार पनि अघिल्लाे वर्षकाे तुलनामा याे वर्ष घटाएर ल्याइएकाे छ । अघिल्लाे आर्थिक वर्षमा तत्कालिन उपमेयर लक्ष्मी गाैतमले २ अर्ब ३० कराेडकाे बजेट ल्याएकि थिइन ।
याे वर्ष भने बजेटकाे आकार घटेर २ अर्ब १८ कराेडमा झरेकाे छ । बजेट घटेपनि आगामी ५ वर्ष भित्र इटहरीलाइ नमुना शहरकाे रूपमा परिणत हुने गरी बिकाशका कार्यक्रमहरू अघाडी बढाइने बजेट बक्तब्यमा उल्लेख गरिएकाे छ । कार्यक्रम इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments