
इटहरी लगायतका दुध व्यवसायीहरूलाइ खुशिकाे खबर : सहज नेपालले दिनेभयाे ५ देखि ५० लाख सम्म अनुदान ,आवेदन पनि आजबाटै खुल्यो
- असार १०, २०७९ मा प्रकाशित
इटहरी । स्वीस सरकारको सहयोगमा संचालित एनएएमडिपी को दोस्रो चरणको कार्यक्रम अन्तगर्तत सहज नेपालले प्रदेश १ का २५ जना नयाँ उद्यमीलाई छनौट गरी ५ देखि ५० लाख रुपैयाँसम्म फण्ड (अवार्ड) दिने घोषणा गरेको छ ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो संस्थाले आजैदेखि आफ्नो वेभसाइटमा आवेदन दिन सकिने जनाएको छ । आगामि साउनको ६ गतेसम्म आवेदन दिनसक्ने एनएएमडिपीकी मेनेजर सुविच्छा श्रेष्ठले बताइन् । उनका अनुसार दूधजन्य परिकार उत्पादन गर्ने उद्देश्य र योजनासहित आवेदन दिनुपर्नेछ । सहज नेपालले एनएएमडिपीसँगको सहकार्यमा डेरी, अलैंची, तरकारी र मकै बालीको प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
दोस्रो चरणको कार्यक्रममा दूधजन्य परिकार उत्पादनगर्न सक्ने साना तथा मझौला उद्योलाई फोकस गरेर यो कार्यक्रम ल्याइएको उनले बताइन् । उक्त अवार्डका लागि सहज नेपालले २ करोड रुपैयाँको च्यालेन्ज फण्ड निर्माण गरेको छ । ‘सुरुमा हामी ५ देखि ५० लाख रुपैयाँसम्म दिनेछौं,’ श्रेष्ठले भनिन्, ‘साउन ६ गतेसम्ममा आएको आवेदनमध्ये २५ जनालाई सेलेक्ट गरेर दिनेछौं र यो आजदेखि १ सय २ दिनभित्रमा दिइसक्ने हाम्रो योजना छ ।’
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले प्रदेश १ दूध, मासु (बाख्रा र बंगुर) मा आत्मनिर्भरतातर्फ गइरहेको बताए । उनले एनएएमडिपीले गरेको यो कार्यक्रम उदाहरणीय र प्रशंसायोग्य रहेको भन्दै निर्यातजन्य वस्तुलाई कसरी आकर्षक र टेष्टी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । एनएएमडिपी र सहजले जस्तै प्रदेश १ सरकारले पनि अनुदानका यसखालका कार्यक्रम भविश्यमा ल्याउँदै जाने बताए । पत्रकार सम्मेलनमै बोल्दै पशुपंक्षी तथा मस्य विकास निर्देशनालय प्रदेश १ का प्रमुख डाक्टर पशुपति ढुंगानाले लामो समय टिक्ने खालका बस्तुको उत्पादन बढाउनु पर्नेमा जोड दिए । उनले दूधको कच्चा पदार्थ उत्पादन पर्याप्त भएपनि दूधजन्य वस्तुको परिकारहरु उत्पादनमा प्रदेश १ पछि रहेको बताए ।
पत्रकार सम्मेलनमा आइडिया नेपालका अध्यक्ष छिरिङ लामाले २ बिलियन डलर बराबरको दूधजन्य वस्तुहरु अहिले पनि नेपालमा आयात भइरहेको बताए । उनले झण्डै ४० प्रतिशत कच्चा पदार्थ बिग्रने गरेको र यसको सही सदुपयोग भए नेपालमा हुने आयातको हिस्सा केही कम गर्न सकिने दाबी पनि गरे । उनले प्याकेजिङ र सप्लाइमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा एनएएमडिपीका टिम लिडर रिक भेन डियर केम्प, खाद्य गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजाललगायतको उपस्थिति रहेको थियो । आवेदन दिन चाहने उद्यामिले सहज जेएफसी डटकममा गएर फर्म भर्न सक्ने जानकारी दिइयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments