
‘थुनामा’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक
- असार ९, २०७९ मा प्रकाशित
मुगु । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेकाे कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेकाे अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका थिए । तर, कुकुर भने नियन्त्रणमै थियाे ।
मालिक छुटे पनि कुकुरलाई भने डिभिजन वन कार्यालय मुगुकाे थुनामा राखिएकाे थियाे । यस विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका थिए । तर डिभिजन वन कार्यालयले भने कुकुर थुनामा नरहेकाे र मालिकले लैजान सक्ने भन्दै स्पष्ट पारेको थियाे । कुकुरको मालिक तीन महिनापछि डिभिजन वन कार्यालयसँग सम्पर्कमा आएपछि जिम्मा लाएर पठाएकाे डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाले बताए ।
कुकर मालिक च्याम्पा तामाङका अनुसार मुगुम कार्मारोङ गाउँपालिका-१ चितैबाट सम्पर्क गर्न असहज भएको बताए । डिभिजन वन कार्यालय मुगुले कुकर लैजाउ भनेर समयमै जानकारी नदिएकाे तर पनि कुकुर सकुशल रहेकाे जानकारी पाएपछि लिन आएको उनले बताए । जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरूविरुद्ध कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । टासी र छिमेक भने साधारण तारेखमा छुटेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments