
सप्तरीबाट ट्रक सहित १ सय ७५ केजी गाँजा बरामद
- असार ९, २०७९ मा प्रकाशित
सप्तरी । सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ । बल सुरक्षा वेश क्याम्प भारदहका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ नेतृत्वको गस्ती टोलीले मंगलबार राती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा १ सय ७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएको सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए ।
उनले भने,´शंका लागेर ट्रकभित्र हेर्दा गाँजा देखिए पछि खोजतलास गर्दा ट्रकमा ७ वटा बोरामा प्याक गरी बाँधिएको अवस्थामा गाँजा फेला परेको छ । बरामद् भएको ट्रकसहितको गाँजालाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाईएको सशस्त्र प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments