
आसाममा बाढी-पहिरो, ६२ जनाको मृत्यु
- असार ६, २०७९ मा प्रकाशित
काठमाडौँ । अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढी पहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।
आसाम राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको छ । बाढीमा परी आठ जना हराइरहेका छन् ।
बाढीबाट राज्यका बजाली, बक्सा, बारपेटा, विश्वनाथ, बोङगाईगाउँ, कछार, दराङ, धेमाजी, धुब्री, डिब्रुवढ, गोलपारा, कार्बीआङलोङ, सोनितपुर, नलवारी, करीमगञ्ज, दक्षिण सालमारा, तामुलपुर, तीनसुकियालगायत ३२ जिल्लाका ३१ ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।
पीडितहरूको उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले पाँचसय १४ राहत शिविर एवम् तीन सय दुई राहत सामग्री वितरण केन्द्र स्थापना गरेको छ ।
हाल एक लाख ५६ हजार तीन सय ६५ जनालाई राहत शिविरमा आश्रय दिइएको छ । राज्यका चार हजार दुई सय ९१ गाउँ बाढीको चपेटामा परेको छ भने ६६ हजार खेतीयोग्य जमिन जलमग्न भएको छ । बाढीबाट २५ लाखभन्दा बढी चौपाया पनि प्रभावित भएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments