अध्ययन भन्छ : भारतमा २० प्रतिशत श्रीमानहरू श्रीमतीकाे कुटाइ खाएर सुध्रिन्छन
- असार ५, २०७९ मा प्रकाशित
भारतमा पारिवारीक अवस्थाका बारेमा निक्कै गहिरो अध्ययन गरिएको छ ।अध्ययनको नतिजामा भारतमा २० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिटेर सुधारने गरेका छन ।
२० प्रतिशत समुदाय महिला प्रधान भइसकेको यो अध्ययनको निश्कर्ष छ । भारतमा प्रत्येक बिसमा एक जना महिलाले आफ्नो श्रीमानलाई पिटेर तह लगाउने गरेको एक अध्ययनले देखाएको हो ।मादक पदार्थ सेवन तथा लागुअाैषक दुर्व्यसनमा फसेका श्रीमानहरूलाइ पिटेरै तह लगाउने एक अध्यनले देखाएकाे छ ।
नेशनल फेमिली हेल्थ सर्भेका अनुसार १८ देखि ४९ वर्ष उमेर समूहकी महिलामध्ये १० प्रतिशतले आफ्नो श्रीमानलाई कहिले न कहिल्यै पिटेका छन् ।
त्यो पनि उनका श्रीमानले कुनै पनि प्रकारको हिंसा नगरेको अवस्थामै त्यसरी पिट्ने गरेको अध्ययनले जनाएको छ । यसरी २० प्रतिशत महिलाले बिना कारण नै आफ्नो श्रीमानलाई पिट्ने गरेका छन् ।
अध्ययनको लागि गरिएको त्यस सर्भेमा ११ प्रतिशत महिलाले विगत एक वर्षमा आफ्नो श्रीमानलाई पिटेको बताएका थिए । सर्भेका अनुसार उमेर बढेसँगै श्रीमासँग हिंसा गर्ने श्रीमतीको संख्या बढी रहेको बताइएको छ ।
यस्तै अध्ययनबाट प्राप्त तथ्याँकका अनुसार सहरमा भन्दा गाउँमा बस्ने महिलाले आफ्नो श्रीमानसँग बढी हिंसा गर्ने गरेका छन् । सहरी क्षेत्रका ३ दशमलव ३ प्रतिशत र गाउँमा रहने ७ दशमलव ७ प्रतिशतले आफ्नो श्रीमानसँग हिंसा गरेको अध्ययनमा उल्लेख छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments