
किरात राई चलचित्रकर्मी संघ झापाकोे अध्यक्षमा श्याम वहादुर
- असार ५, २०७९ मा प्रकाशित
झापा / किरात राई चलचित्रकर्मी संघ झापाकोे दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले श्यामबहादुर राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।उपाध्यक्षद्वयमा ससिता राई र मिलन बान्तावा राई, महासचिव सुनिता तामाङ राई, सचिव एलिना राई, कोषाध्यक्ष रविकिरण बान्तावा राई रहेका छन् ।
त्यस्तै सदस्यहरु जिमीहाङ राई, मेरी राई, यमुना राई, प्रविन राई, विकास राई, समिता राई र आषिस राई चयन भएका हुन् ।किरात राई चलचित्र संघ झापाका निबर्तमान अध्यक्ष भुवनसिंह राईको सभापतित्वमा सभा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अथिति किरात राई चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष केशव राई (युप्श) ले यस संस्थाका उद्देश्य र भावि योजनाको विषयमा प्रष्ट पारेका थिए ।
नेपालमा रहेका हरेका आदिवासी जनजातिको संस्कार, संस्कृति र भाषा नेपालको गहना रहेको उनको भनाई छ । अझै यस संस्थाले आदिवासी जनजाति समुदायको संस्कार र सस्कृतिमा बनेका चलचित्रहरु प्रति राज्य को ध्यानाकर्षन गराउनु पर्ने र यस संस्थाको जिम्मेवारी पनि रहेको बताएका थिए ।
त्यस्तै सभामा बोल्दै राईले विगत वर्षमा गरिएका किरात राई लघू चलचित्र ‘नागा’ जनजाति चलचित्र ‘लुङा’ जस्ता चलचित्रको निर्माण र आदिवासी जनजाती चलचित्र अन्तरक्रिया कार्यक्रम जस्ता थुप्रै कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।सुनिता तामाङ राईले स्वगत गरेको कार्यक्रमको किरण राईले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments