
किन्नै नसक्ने गरि बढदैछ सुनकाे भाउ : याे साता कतिले बढयाे बजार भाउ ?
- असार ४, २०७९ मा प्रकाशित
इटहरी । यो साता सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा सुनको कारोबार मूल्य १०० रुपैयाँले बढेको हो । महासंघका अनुसार गत साताको शुक्रबार ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
साताको पहिलो दिन आइतबार सुनको मूल्यमा भारी वृद्धि देखिएको थियो । उक्त दिन प्रतितोला १५ सय रुपैयाँले बढेको थियो । यस्तै, सोमबार ३०० रुपैयाँले घटेको थियो भने मंगलबार तोलामा १८ सय रुपैयाँले घटेको थियो ।
यसैगरी, बुधबार ६०० रुपैयाँले घटेको थियो भने बिहीबार भने तोलामा ८०० रुपैयाँले बढेको थियो । यसैगरी, शुक्रबार तोलामा ५०० रुपैयाँ बढेर कारोबार मूल्य ९७ हजार ८०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । महासंघका अनुसार गत साताको शुक्रबार तोलामा १२ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments