
ब्राउन सुगरसहित विराटनगर र भद्रपुरबाट चार जना पक्राउ
- असार ४, २०७९ मा प्रकाशित
इटहरी । अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्य पर्नेमध्येको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित विराटनगर र भद्रपुरबाट सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको छ ।
विराटनगरबाट दुई जना भारतीय र भद्रपुरबाट दुई जना नेपाली नागरिक पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट एक जना नाबालकसहित दुई जना भारतीयलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकल मा सवार रहेका उनीहरुलाई सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानी र अस्थायी प्रहरी चौकी मटेरुवाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये १४ वर्षीय बालकको पहिचान गोप्य राखिएको छ । अर्का व्यक्ति भारतको अररिया सोनामनीका १८ वर्षीय विकास ठाकुर हुन् । बिआर ३८ भी ३२५१ नम्बरको भारतीय मोटरसाइकलमा ३.६ ग्राम ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिआइजी गिरीको भनाइ छ ।
यसैबीच सुरक्षाकर्मीको संयुक्त टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थित नेपाल–भारत सिमानाको मेची पुलबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट ब्राउन सुगर लिएर आउँदै गर्दा भद्रपुर–६ का ३६ वर्षीय सञ्जीव मेचे र भद्रपुर–७ का २९ वर्षीय सदम शर्मालाई पक्राउ गरिएको जानकारी गिरीले दिए ।
दुवै जना मे ३ प ९८४ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्दा २ मिलिग्राम ब्राउन सुगर फेला परेको उनले बताए । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
खुला सीमाका कारण भारतबाट नेपालतिर लागुऔषधको ओसारपसार व्यापक मात्रामा हुने गरेको छ । डिआइजी गिरीका अनुसार लागुऔषधको ओसारपसार एवम् विभिन्न अवैध गतिविधि नियन्त्रण गर्नका लागि सशस्त्रको विशेष टोली परिचालन गरेर निगरानी बढाउँदै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने काम भइरहेको छ । सीमा अपराध, चोरी तस्करी एवम् अवैध ओसारपसार तथा कानुनद्धारा बर्जित सबै खालका गतिविधिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीसमेतका सुरक्षा निकायसँग समन्वय गरेर सशस्त्रले काम गरिरहेको जानकारी उनले दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments