•  ९ चैत्र २०८१
  •  12:58:21 PM

अपराधकाे नयाँ शैली : युवती देखाएर पैसाकाे बार्गेनिङ : इटहरीका दर्जी सहित ७ जना पक्राउ

- असार ३, २०७९ मा प्रकाशित



इटहरी । राम्री युवतीहरूलाइ भेट गराएर झुटाे मुद्धा लगाइ फसाउने गिराेहका नाइके सहित काठमाण्डाै प्रहरीले ७ जनालाइ नियन्त्रणमा लिइएकाे छ । ठुला घरानाका व्यवसायिहरूलाइ सामाजिक सञ्जाल माृःत साथी बनाएर कुराकानी गर्ने त्यसपछि भेटघाट गर्न बाेलाउने र केहि दिनमै जबरजस्ति करढी मुद्धा लगाउने धम्की दिदै माेटाे रकम अशुल्ने दुइ युवति सहित ७ जनालाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे हाे । 

सामाजिक सञ्जाल मार्फत युवतिकाे तस्विर देखाउने त्यसपछि फ्रेन्ड रेक्वेस हुदै गफ र भेटघाट सम्म गराइदिने र केहि समयपछि भेट गरेकाे तस्विर देखाएर माेटाे रकम वार्गेनिङ गर्ने गिराेहका नाइके सहित काठमाडाैं प्रहरीले ७ जनालाइ नियन्त्रणमा लिएकाे हाे । 

प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलान्चोक घर भइ हाल पेप्सिकोला बस्ने १८ वर्षीया मनिषा परियार,  हलेसी–७, खोटाङका ३२ वर्षीय डिक बहादुर शर्मा, इटहरी–७ सुनसरी घर भइ काठमाडौंको तारकेश्व बस्ने वर्ष ३० को सन्जिब दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नख्खिपोट बस्ने २५ वर्षको निमा लामा तथा सोही स्थानको वर्ष ३० को पासाङ लामालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सो समूहले केटीहरुको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरेर सुरुमा फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गर्ने गर्दछन्। त्यसपछि पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झट्ठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई दवाबमूलक ढंगले डर, धम्की तथा त्रास देखाई ब्ल्याकमेल गर्न सुरु गर्छन्। अनि केटीका नक्कली आफन्त, वकिल, पत्रकार खडा गरी रकम असुल गर्ने गरेकाे अनुसन्धानले देखाएकाे छ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।पक्राउ परेका उपर आपराधिक लाभ मुद्दामा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Comments

सम्बन्धित खवर