
७७ हजारको मेकअप गराएर ब्युटी पार्लरबाट आमा–छोरी नै फरार, खोजीमा प्रहरी
- असार ३, २०७९ मा प्रकाशित
मेकअप गराएपछि दुई महिला पैसा भुक्तानी नगरीकनै ब्युटी पार्लरबाट फरार भएका छन् । उनीहरुको यस्तो व्यवहारमा ब्युटी पार्लरकी मालिकले प्रहरीमा उजुरी दिएकी छिन् । साथै उनले सोसल मिडियामा ती महिलालाई खोजिदिन अपिल गर्दै एउटा पोस्टसमेत गरेकी छिन् ।
पार्लरकी मालिकको नाम जेड एडम्स हो । २८ वर्षकी एडम्सले दिएको जानकारी अनुसार दुई दिन अघि उनको पसलमा दुई महिला आएका थिए । यी दुईले आफूलाई आमा–छोरीको रुपमा चिनाएका थिए । एडम्सका अनुसार यी दुईले मेकअपका साथै बोटक्स ट्रिटमेन्ट र अन्य महँगा ट्रिटमेन्ट गराएका थिए । तर जब ५१० पाउन्ड (७७ हजार रुपैयाँ) तिर्नुपर्ने बेला भयो तब यी दुई गायब भए ।
बेलायतमा बस्ने जेड एडम्सले फेसबुकमा एक महिलाको फोटो सेयर गर्दै लेखिन्, ‘कृपया चोरको तस्बिर सेयर गर्नुहोस् । दुर्भाग्यले हिजो मेरो क्लिनिकमा यी महिला र उनकी छोरी ब्युटी ट्रिटमेन्टका लागि आएका थिए । तर भुक्तानी नगरीकनै उनीहरु फरार भए । उनीहरुले गरेको कुराकानीको आधारमा उनीहरु आयरिश मुलका हुन् कि जस्तो लागेको छ ।’

यो घटनाको विषयमा एडम्सले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उनले दिएको जानकारी अनुसार यी दुई महिलाले ट्रिटमेन्ट (बटक्स र लिप फिलर) का लागि क्लिनिकमा बुकिङ गराएका थिए, त्यसपछि मेकअप आदि गराए । जब पैसा दिने पालो आयो तब यी दुई बहाना बनाएर बाहिर गए र त्यसपछि फर्केर आएनन् ।
यसरी भए फरारः
एडम्सका अनुसार पहिला एकजना महिलाले आफ्नो ट्रिटमेन्ट गराइन् र वेटिङ रुममा बसिन् । जब अर्की महिलाले पनि ट्रिटमेन्ट गराइन् तब उनले भुक्तानीका लागि अर्की महिलालाई वेटिङ रुममा गइन् । तर केही बेरमा नै त्यहाँबाट दुबै गायब भए । उनीहरुले त्यहाँ एउटा कोट छोडेका थिए । मानिसहरुमा उनीहरु फर्किन्छन् भन्ने भ्रम पैदा गर्न यसो गरेका थिए ।
मेट्रो युकेको रिपोर्ट अनुसार एडम्सले पछिल्लो १८ महिनादेखि क्लिनिक चलाइरहेको तर यस्ता ग्राहक कहिल्यै नदेखेको बताइन् । एडम्सले आफूलाई धोका दिने महिलालाई पक्राउ गर्नका लागि प्रहरीसँग मद्दत मागेकी छिन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments