
मेचिनगरमा उकालाे लाग्दै महिला हिंसाका घटना : १० महिनामा एकसय ५० मुद्धा दर्ता
- असार ३, २०७९ मा प्रकाशित
झापा । लैङ्गिकताका आधारमा कुनै किसिमको भेदभाव गरिनु हुँदैन भन्ने संविधानमा उल्लेख गरिएको भए पनि झापाको मेचीनगर र आसपासकाक्षेत्रमा यस्ता घटना भइरहेका छन् । त्यसको व्याख्यात्मक कुराहरू ग्रामीण क्षेत्रका महिलासम्म पुग्न नसक्नुले नगरमा महिला हिंसाका घटनामा कमी आउन नसकेको महिला अधिकारकर्मीहरू बताउँछन् ।
कानुनी अज्ञानताका कारण नगरमा महिला हिंसाका घटना भइरहेका छन् । चालु आर्थिक वर्ष २०७८/२०७९ को १० महिनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा महिला तथा बालबालिका हिंसाका सातवटा घटना दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यो अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा विभिन्न प्रकृतिका १ सय ५० वटा मुद्घा दर्ता भएका छन् । ती मध्ये महिलामाथि हुने हिंसा जवरजस्ती करणीका चार, जवरजस्ती करणी उद्योग, बोक्सीको आरोप र बाल यौन दुरुपयोगका एक/एक गरी कुल सातवटा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बशन्त पाठकले जानकारी दिनुभयो ।
महिला हिंसाका घटना बढिरहे पनि यस क्षेत्रमा काम गर्ने संस्थाहरु महिलाका मुद्दामा काम गर्न कम गर्दा उजुरी खासै धेरै नपरेको जिकिर महिला अधिकारकर्मीहरु गर्छन् । ग्रामीण क्षेत्रमा अधिकांश समयमा विभिन्न संस्थाका सहयोगमा महिला हिंसाको घटना दर्ता हुने गरेको छ । कार्यालयको चालु आर्थिक वर्षको मासिक मुद्घा दर्ता संख्या हेर्दा हरेक महिना थपघट देखिन्छ । आर्थिक वर्ष शुरुको साउन महिनामा विभिन्न प्रकृतिका कुल १५ वटा मुद्घा दर्ता भएका थिए भने भदौमा घटेर नौ वटामा झरेको छ ।
यो अवधिमा सवैभन्दा बढी लागूऔषधका ४४ वटा मुद्घा दर्ता भएका छन् । काँकरभिट्टादेखि झण्डै २ किलोमिटर पूर्वको भारतीय पानीट्याँकी बजारमा त्यस्ता पदार्थ सजहै उपलब्ध हुने भएकाले अधिकाँश कारोवारी र सेवनकर्ता भारतीय बजार धाउने गरेको कारण पनि लागूऔषधका मुद्घा बढ्ने गरेको प्रहरीको भनाई छ । उत्तरमा झापा जिल्लाको सीमाना इलामको जिर्मलेदेखि दक्षिणमा मोरङ जिल्लासम्मको एकसय १८ किलोमिटर खुला बोडरको फाइदा उठाउर्दै कारोवार गरेपछि खुला सीमानै लागूऔषध नियन्त्रणको प्रमुख समस्या र प्रहरीको टाउको दुःखाईको बिषय बनेको एकजना प्रहरी अधिकृतको भनाई छ ।
कार्यालयमा सवैभन्दा बढी माघमहिनामा २२ वटा मुद्घा दर्ता भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पाठकको भनाई छ । त्यो महिना सबैभन्दाबढी चोरीकामात्र सातवटा मुद्घा दर्ता भएका छन् । ११ महिनामा चोरीका ११ वटा घटना भएका थिए । असोज महिनामा १०, कात्तिक महिनामा ११, मंसिर महिनामा २०, पुस महिनामा १७,फागुन महिनामा २०, चैत महिनामा १५ र बैशाख महिनामा ११ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्घा दर्ता भएका छन् ।
चालु आर्थिक वर्ष २०७८/२०७९ को १० महिनाको अवधिमा विभिन्न २६ वटा मुद्घा शीर्षकमा दर्ता भएका कुल मुद्घामध्ये सबैभन्दाबढी अभद्र व्यवहारका ३३ वटा छन् । सवारी अंगभंग, अप्राकृतिक मैथुन र बैकिङ्ग कसुर शीर्षकमा मुद्घा दर्ता भएका छैनन् ।
नेपालको संविधान महिलामैत्री भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुनु र महिलाले कानुनी पाटो पहिल्याउन नसक्दा नगरमा महिला सामाजिक हिंसा सहेर बस्ने गरेको बताइएको छ । अहिले प्रत्येक पालिकामा न्यायिक समिति रहे पनि महिलाहरू घरभित्रको झगडा तथा हिंसालाई न्यायिक समितिसम्म पु¥याउन नसक्नुले पनि महिला हिंसाका घटनाले प्रश्रय पाइरहेको महिला अधिकारकर्मीहरुको भनाई छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments