
इटहरीमा १ कराेड ५० लाखकाे लगानी सहित खुल्याे ‘भिस्टा इलेक्ट्रिकको’ नयाँ शाखा
- असार २, २०७९ मा प्रकाशित
इटहरी । विश्व प्रसिद्ध कम्पनीका डेकोरेटिभ लाइट र ईन्टरियर डिजाइन सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यसहित इटहरीमा ‘भिस्टा इलेक्ट्रिक एन्ड होम डेकोर’ सञ्चालनमा आएको छ । विराटनगरका व्यवसायीले सञ्चालनमा ल्याएको उक्त शोरुम बुधवार देखी सञ्चालनमा आएको हो ।
सो शोरुमको उद्घाटन प्रदेश १ का निवर्तमान मुख्यमन्त्री तथा एमाले प्रदेश १ का संसदीय दलका नेता भीम आचार्यले गरे । भिस्टा इलेक्ट्रिक विराटनगरको शनि मन्दिरमा पनि रहेको छ । विराटनगरपछि भिस्टा इलेक्ट्रिक शाखा इटहरीमा पनि विस्तार गरेको सञ्चालक जिसान आलमले जानकारी दिए ।
इटहरी पश्चिम लाइनमा सञ्चालनमा ल्याइएको भिस्टाले भारत तथा चाइनामा निर्मित डेकोरेटिभ लाइटहरू, झुमर, होल्डिङ लाइट, वाल तथा स्पट लाइटहरू पाइन्छ । यस्तै इन्टिरियर सम्बन्धी थ्रिडी डिजाइन बनाउनुका साथै आवश्यक सामाग्रीहरू समेत उपलब्ध गराउने भिस्टा इलेक्ट्रिक एन्ड होम डेकोरका सञ्चालक जिसान आलमले बताए ।
व्यवसायी आलमले विराटनगर महानगरपालिकाको धरान रोड र शनि मन्दिर रोडमा समेत भिस्टाकै नामले विभिन्न २ वटा शोरुमहरु यसअघि देखी नै सञ्चालन गर्दै आएका छन् । इटहरीमा झन्डै १ करोड ५० लाख रुपैयाँ लगानीमा शोरुम सञ्चालनमा ल्याइएको जनाइएको छ ।
डेकोरेटिभ लाइटहरू आधुनिक भवनका कोठाहरूका साथै होटेल, कार्यालय र सभा हलहरूमा साजसज्जा तथा प्रकाशका लागि जडान गरिन्छ । शोरुम उद्घाटनको अवसरमा भिस्टाले असार १ देखी ८ गतेसम्म १५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments