
प्रदेश एककाे लाेभलाग्दाे बजेट , बराहक्षेत्रमा तीन जिल्ला जोड्ने झोलुङ्गे पुल देखि इटहरीकाे टेंग्रा खाेला ब्यवस्थापन सम्म
- असार १, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको छ । बजेटको अनुमानित स्रोत प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान छ ।
राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बताएका छन् । चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको सरकारले करिब २१ प्रतिशत बृद्धि गरेर नयाँ बजेट ल्याएको हो ।
त्यस्तै प्रदेश सरकारले सुनसरी, उदयपुर र धनकुटा जोड्ने गरी बराह क्षेत्रमा कोशी र कोकाह नदीमा आकर्षक झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । बजेट बक्तव्य मार्फत तीन जिल्ला जोड्ने झोलुङ्गे पूललाई पर्यटन प्रवद्धन अन्तरगत कार्यक्रम मार्फत निर्माण गरिने जनाइएकाे छ । त्यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे हाे ।
पर्यटन क्षेत्रको विकासका लागि डिजिटल वेव र मोवाइल एप निर्माण गर्ने पनि उल्लेख गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन गर्न डिजिटल वेव र मोवाइल एप निर्माण गरी सञ्चालनमा ल्याइने बजेट बक्तब्यमा उल्लेख गरिएकाे छ।’
यसैगरी वर्षेणि बाढिले इटहरी डुबान बनाउने टेंग्रा खाेला ब्यवस्थापनकालागि पनि प्रदेश सरकारले बजेट बिनियाेजन गरेकाे छ । ट्यांग्रालाइ बुढिखाेलामा मिसाउनकाे निमित्त अध्यन गर्न प्रदेश सरकारले बजेट बिनीयाेजन गरेकाे हाे ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments