
सुन्दरहरैंचालाइ कृषिमा आत्मनिर्भर बनाउन कृषकहरूलाइ अनुदानै अनुदान
- जेष्ठ २९, २०७९ मा प्रकाशित
इटहरी । युवा रोजगार मुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर मोरङको सुन्दरहरैचा नगरपालिकाले कृषिजन्य उत्पादन वृद्धिमा जोड दिदै किसानहरुलाई विभिन्न किसिमका अनुदान उपलव्ध गराउदै आएको छ । युवा शक्ति वैदेशिक रोजगारीका लागि पलायन नहुन भन्ने उद्धेश्यले सुन्दरहरैचा नगरपालिकाले कृषिमा अनुदान कार्यक्रम सञ्चालन गरेकाे हो ।
पशुपक्षी प्रवद्र्धन शाखाका जिवन चापागाई सुन्दरहरैचा नगरपालिकाले विगत पाँच वर्ष देखि कृषि उत्पादनमा वृद्धि गर्ने हुने काम गर्दै आएको वताउछन । उनले दुध ,फुल र मासु उत्पादनमा जोड दिदै नगरलाई आत्मनिर्भर वनाउने कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिए ।
सुन्दरहरैचा नगरपालिकाले किसानहरुलाई विउविजन , बाख्रा , कुटी काट्ने मेशिन ,दुघ चिस्याउने मिनेश लगायतका कृषिसंग सम्वन्धीत सामाग्रीहरु वितरण गर्दै आएको छ ।नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाई कृषिसंग जोडिने खाद्यान्नहरु भारतबाट आयत गर्न परिरहेका कारण व्यापार घाटा वढी रहेको भन्दै निर्यात गर्न नसकिएपनि आयत घटाएर व्यापार घाटा घटाउने गरी कृषि उत्पादन वृद्धि गर्न लाग्नु पर्नेमा जोड दिए ।
यता कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाले अनुदानमा कुटी काट्ने मेशिन उपलव्ध गराइएकी पशुपालक किसान शोभा शर्मा मेशिनले गर्दा समय बचत हुने तथा आफुलाई पनि सहज हुने वताउछिन । उनले यस अघि हातले नै कुटी काट्दा समय वढी लाग्ने तथा झन्झट समेत हुने गरेको सुनाइन ।
त्यसै गरी दुध चिस्याउने अनुदानमा प्राप्त गर्ने कामधेनु दुग्ध सहकारीका जीवनाथ अधिकारी अनुदानमा चिस्यान प्राप्त भएपछि किसानहरुबाट अझ वढी दुध संकलन गर्न सकिएको वताउछिन ।सुन्दरहरैचा नगरपालिकाले किसानहरुलाई आवश्यकता र बजेटलाई प्राथमिकतामा राखेर आश्यकता अनुसार अनुदान उपलव्ध गराउने जनाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments