
फ्रिजमा राख्न नहुने ८ खानेकुरा
- जेष्ठ २४, २०७९ मा प्रकाशित
फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ। तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्।
१. तुलसी– तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ। तुलसी पानीमा राख्नुपर्छ।
२. आलु– चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ। आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ।
३. लसुन र प्याज – आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ। लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ।
४. जैतुनको तेल– जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन। कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ।
५. रोटी– धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन्। फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ।
६. कफी– कफी कहिल्यै फ्रिजमा नराखौँ। यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ।
७. मह– यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ। मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ।
८. अचार– अचारमा भिनेगार धेरै हुन्छ। यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ। यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments